काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै प्रतिनिधिसभाको चुनाव आगामी वैशाख २३ गते गर्न सिफारिस गरेका छन् ।
मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश भएलगत्तै राष्ट्रपति भेट्न सितल निवास पुगेका प्रधानमन्त्री ओलीले बैशाख २३ मा चुनावको सिफारिश गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री ओली फर्किसकेका छन् ।
नेकपाभित्रको अन्तरकलह चर्किदै गएपछि पार्टीभित्रैबाट अफठेरोमा परेका प्रधानमन्त्री ओलीले आज बिहान आकस्मिक मन्त्रीपरिषद बैठक राखेका थिए । उक्त बैठकले संसद विघटन गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । केही मन्त्रीहरुको विमति भएपनि संसद विघटनको सिफारिश गर्ने निर्णय लिएर प्रधामन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट गर्न सितल निवास गएका थिए ।