धरान: संसद विघटन गर्ने निर्णयविरुद्ध धरानमा नेकपाकै नेता, कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।
नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै धरानमा प्रर्दशन गरेका हुन् । धरान १ छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुश भानुचोकसम्म पुगेको थियो । नाराबाजी गर्दै भानुचोक पुगेको जुलुशले टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुले संसद विघटनको सिफरिश फिर्ताको माग गरिरहेका छन् ।
आज मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिश गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै संसद विघटन गरेकी छिन् भने बैशाख १७ र २७ गते दुई चरणभमा निर्वाचन गर्ने मिति तय गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ती मार्फत जानकारी दिइसकेको छ । तस्बिरहरु: विकास चाम्लिङ राई