धरान: संसद विघटनविरुद्ध धरानमा विरोध प्रर्दशन भएको छ ।
नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका युवा तथा विद्यार्थीहरुले विरोध प्रर्दशन गरेको हो । धरानको छाताचोकस्थित नेकपाको पार्टी कार्यालयबाट विरोध जुलुस निस्किएको थियो । जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरुले संसद विघटन असैवधानिक कदम भएकोले पुर्नस्थापना हुनुपर्ने बताए ।
यस्तै, आजै जनता समाजवादी पार्टीले पनि धरानमा संसद विघटनविरुद्ध विरोध प्रर्दशन गरेको थियो । पार्टीको निर्णय अनुसार धरानमा पनि विरोध प्रर्दशन गरेको हो । जसपाले भानुचोकमा टायर बाल्नुका साथै प्रधानमन्त्री ओलीको पोष्टर पनि जलाएका थिए । उक्त पार्टीले पनि संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।