धरान: अनेरास्ववियु सुनसरीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहले सहसंयोजकसहित कमिटीमा सदस्यहरु मनोनयन गरेको छ । साथै, विभिन्न स्थानीय तह र क्याम्पसहरुमा पनि जिम्मेवारी बाँडफाड गरेको छ ।

जिल्ला संयोजक जि.बि.गजलका अनुसार पुष २२ हुन लागेको बिशेष कार्यकर्ता भेलाको पुर्वतयारीको लागि कमिटीमा सदस्यहरु मनोनयन गरिएको हो । सहसंयोजकमा रोशन रेग्मी मनोनित भएका छन् । यस्तै, जिल्ला कमिटी ७५ सदस्यीय बनाइएको छ । ‘पुष २२ गते बिशेष कार्यकर्ता भेला हुन्छ, त्यहाँबाट कमिटी पुर्नगठन गरिन्छ,’संयोजक गजलले भने ।

उनका अनुसार सहसंयोजकमा रेग्मीलाई मनोनयन गरिएको छ । अर्का सहसंयोजक प्रचण्ड माधव समुहका बुद्रोस लिम्बु थिए । ओली पक्षबाट स्थानीय तह धरानमा संयोजक अदितश्री अधिकारी र सहसंयोजक एनिस रेग्मी, इटहरीमा संयोजक युनिश ढकाल र सहसंयोजक नेत्र विष्ट तोकिएका छन् । इनरुवामा संयोजक असिम आचार्य र सहसंयोजकमा चिरञ्जिवी आचार्य रहेका छन् ।

यसैगरि, जनता बहुमुखी क्याम्पस इटहरी, महेन्द्र बहुमुखी क्याम्पस धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पुर्वाञ्चाल ईञ्जिनियरीङ क्याम्पस धरान, सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र, पिण्डेश्वर विद्यापिठ धरान र राष्ट्रिय जनसहयोग क्याम्पसमा पनि जिम्मेवारी तोकिएको छ । akhil-1 akhil-3 akhil-2