धरानः नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् ।
धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह–सचिवमा संगिता राई र कोषाध्यक्षमा बसन्त राई चयन भएका छन् । यस्तै, सदस्यहरुमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन ।
भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफारिस गरेको छ । भेलाले ३ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो । भेलामा बरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी, गणेश निरौला, वर्तमान अध्यक्ष पवन अधिकारी लगायत युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।