धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह हुने भएको छ ।

अमेरिकमा रहदै आएकी नेपाली युवतीसँग उनको विवाह हुने तय भएको हो । युवती शेर्पा थरकी भएको बताइएको छ । माघ ११ गते किराती परम्परा अनुसार बेहुलीलाई काठमाण्डौंमा चुलामा भित्र्याउने वैवाहिक कार्यक्रम छ भने प्रितिभोज विराटनगरमा हुने बताइएको छ । मुख्यमन्त्री राईको विवाहको निम्तोपत्र तयारी भइरहेको बताएकोछ ।