धरान: संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टी नेपालले धरानमा आज वृहत विरोध प्रर्दशन गरेको छ ।
केन्द्रीय नेताहरुको उपस्थितिमा जसपाले आज धरानमा विरोध प्रर्दशन गरेको हो । अहिले भानुचोकमा विरोधसभा भइरहेको छ । सभालाई वरिष्ठ नेता अशोक राई, रकम चेम्जोङ, पर्शुराम खापुङ, युवराज कार्कीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भानुचोकमा सभा हुनुअघि धरान १२ पब्लिक हाई स्कुल र छाताचोकस्थित पुरानो अस्पताल परिसरबाट वृहत विरोध र्याली निस्केको थियो । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराहरु लागेका थिए ।