सुनसरी: नेकपा सचिवालय सदस्य तथा उपप्रधान मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा प्रधानमन्त्री उभिदा विरोधी पार्टीले पनि विरोध गर्न नसकेको बेला आफ्नै पार्टीका नेताहरुले किन सरकारको विरोध गरेको भन्दै नेताहरुलाई प्रश्न गरेका छन् ।

सुनसरीको दहुबीमा आयोजित नेकपा ओली समुहको सुनसरी जिल्लास्तरीय वृहत भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतलाई यस्तो प्रश्न गरेको हुन् । पोरखेलले नेताहरु प्रचण्ड, नेपाल र खनालनको नामै लिएर केपी ओलीले गरेको राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वभामिानको पक्षमा उभिदा र भौगोलिक अखण्डताको रक्षा कुरा गर्दा त्यसको विरुद्धमा तपाईहरु किन उभिएको ? भन्दै प्रश्न गरेका छन् ।

duhabi5

पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वधिनता, स्वाभिमानलाई अघि बढाउन चाहदा आफ्नै पार्टीका नेताहरु यसको खिलाफमा उभिएको भन्दै आक्रोश पनि पोखे । बषौंदेखि गुमेको नेपाली भुमी फिर्ता गर्न पहल गरेवापत र राष्ट्रिय एकता बनाए वापत प्रधानमन्त्री ओली दण्डित हुनुपर्ने अवस्था आएको उनले बताए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री भएपनि कसैले गुमेको नेपाली भुमी फिर्ता गर्न पहल नगरेको नेता पोखरेलको भनाई थियो ।

‘अहिले केपी ओलीमाथि देश विरोधी आरोप लगाइयो । केपी ओली ती मान्छे हुन्, जसले नेपालको गुमेको भुमी औपचारिकढंगले अब नेपालको हो भनेर स्थापित गरायो । हिजो पनि प्रधानमन्त्री धेरै मान्छे भए, ती कसैले पनि दुस्साह गरेनन् । पुष्पकमल दाहाल २ चोटी प्रधानमन्त्री बन्नु भयो, माधव कुमार नेपाल प्रधानमन्त्री बन्नुभयो, झलनाथ खनाल बन्नु भयो, बाबुराम भट्टराई प्रधानमन्त्ती बन्नु भयो, तर उहाँहरु कसैले पनि यो चिज गर्नुभएन,’-पोखरेलले भने,-‘केपी ओली त्यो व्यक्ति हो, जसले हाम्रो गुमेको कालापानी, लिपुलेक, लिम्पियाधुरा यो हाम्रो जमिन हो भनेर भाषण मात्र गरेन, दस्तावेज मात्र लेखेन, हाम्रो संविधान संशोधन गरेर त्यो भुमी नेपालको भुमी हो, र नेपालीहरुले एक स्वरमा बोलनुपर्छ भनेर सबैलाई एक ठाउँमा ल्यायो, त्यो गर्ने अरु कोही होइन, केपी ओली थियो । अनि त्यो गरेवापत केपी ओली दण्डित हुनुपर्ने ।’

duhabi4

भुपेरिवेष्ठित नेपाल हुँदा भारतबाट पटक पटक नाकाबन्दी झेलेको उल्लेख गर्दे मन्त्री पोखरेलले नाकाबन्दीलाई सधैको लागि अन्त्य गर्नुपर्छ भनेर केपी ओलीले चीनसँग पारवाहनसँग सम्झौता गरेको बताए । ‘तर, यो गरेवापत केपी ओली दण्डित हुनुपर्ने । यो कस्तो खालको देशभक्ति हो ? हो, यसको विरुद्ध खबरदारी गर्न चाहन्छौं,’पोखरेलले भने,‘केपी ओलीले हाम्रो देशको स्वधिनतालाई, स्वभिमानलाई अघि बढाउन चाहनुभयो, यसको खिलाफमा हाम्रो नेताहरु किन उभिएको ? विरोधीले पनि विरोध गर्न नसकेको कुरा हाम्रो पार्टीका नेताहरुले किन गर्दैछन् ?’

duhabi3

मन्त्री पोखरेलले आफुहरु संविधानको रक्षा गर्न चाहेको पनि जिकिर गरे । उनले संविधानलाई निष्तेज बनाउने कुनै पनि कुराको विरुद्धमा आफुहरु खबरदारी गर्ने बताए । ‘हामी राजनीतिक स्थायित्व चाहन्छौं । मुलुकमा अस्थिरता सृर्जना गर्ने कुनै पनि कुराको पक्षमा हुन्नौं । हामी आर्थिक विकास र समृद्धि चाहन्छौं,’उनले भने,‘यसलाई कमजोर बनाउने कुनै पनि कुरा हुन्छ, भने हामी स्वीकार गर्दैनौं । हो, यीनै कुरासँग गाँसिएको केपी ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने कुरा हामीलाई मञ्जुर छैन, केपी ओलीलाई यो अवधिमा प्रधानमन्त्रीबाट हटाउने कुरा मञ्जुर छैन । त्यसैको विरुद्धमा देशव्यापीरुपमा यो अभियान जारी छ ।’

हिजो चुनावी गठबन्धन शुरु गरेदेखि नै प्रचण्डले धोका दिन शुरु गरेको आरोप लगाउदै पोखरेलले चुनावमा बहुमत आएपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको दृटान्त पेश गरे । उनले भने,‘चुनाव चिह्न लिन्छु भनेर छोड्ने को हो ? चुनाव जितेपछि बहुमत आइसकेपछि वामपन्थीहरुको सरकार बनाउनुपर्नेमा कांग्रेससँग सरकार बनाउछु भन्ने को हो ? प्रचण्ड हो । यो धोकाधडीको सिलसिला जारी रह्यो, र एउटा उत्कृर्षमा पुगेर यो ठाउँमा आइपुगेको छ ।’

duhabi duhabi-ne