धरान: नेकपा प्रचण्ड माधव समुहको आज वृहत विरोध सभा विराटनगरमा हुदैछ ।
विराटनगरको ६ लेन सडकअन्तर्गतको महेन्द्र चोकमा सभाको तयारी छ । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ । सभाले ६ लेन सडकमा याताायत अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले भन्सारबाट औद्योगिक कच्चा बोकेर छुटेका मालवहाक सवारीलाई रानी क्षेत्रमै रोक्ने ‘होल्ड’ गर्ने भएको छ । यस्तै, बसपार्कबाट छुट्ने र बसपार्कमा आउने यात्रुबहाक बसको लागि समेत छुट्टाछुट्टै बाईपास सडकको प्रयोग गर्ने भएको छ । अहिले विराटनगरमा चारतिरबाट र्याली आउने तयारी छ । विराटनगरको देवकोटा चोक, रोडशेष चोक, वरगाछी र तीनपैनीबाट र्याली शुरु हुने तयारीमा छ । केही दिनअघि पत्रकार सम्मेलन गर्दै नेता भीम आचार्यले विरोध सभामा ६० हजार मानिस उतार्ने दाबी गरेका थिए ।
तस्बिर: निर्मल भण्डारी