धरान: नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिल बहादुर थापाले नेपालको संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको दाबी गरेका छन् ।
आईतबार धरानमा स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको पदस्थापना कार्यक्रमको प्रमुख अतिथि रहेका नेता थापाले भने,‘मैले देखेको, मैले बुझेको संविधानको ३५ भाग, ३०९ धारा र ९ अनुसुचि छ, संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउँदै त्यसले देशलाई ठूलो भड्खालमा लगेको बताए । उनले कम्यूनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभयो ।
अन्याय अत्याचार, बलात्कार र महिला हंसा जस्ता घटनाहरु सबैभन्दा बढी यहि सरकारमा भएको बताए । उनले भने,‘अढाई वर्षको अन्तरालमा नेपालमा लगभग ३ हजारको संख्यामा हत्या, बलात्कार र महिला हिंसा जस्ता घटनाहरु भएका छन् । य?ी मध्ये २, ४ वटा मात्र केसहरु बाहिर आएका छन् ।’ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले स्कुल अफ डेमोक्रेसीले प्रजातन्त्रमा विश्वास गर्नेहरुका लागि उर्जा थप्ने बताए ।
विघटित संसदकी सदस्य एवं नेतृ मिना सुब्बाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर कु गरेको बताइन् । स्कुल अफ डेमोक्रसी नेपालका केन्द्रिय अध्यक्ष नैन सिंह महरले प्रजातन्त्रवादी जनताको वृत्तृविकासको लागि स्कुल अफ डेमोक्रेसी नेपाल स्थापना भएको बताए । सामाजिक न्याय र स्वतन्त्रताका लागि डेमोक्रेसीको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।
धरानका मेयर तिलक राईले मुलुक प्रतिकुल परिस्थितिबाट अघि बढिरहेको बताए । कार्यक्रम स्कुल अफ डेमोक्रेसी प्रदेश नं. १ का संयोजक विशाल श्रेष्ठको सभापतित्वमा भएको थियो । नवगठित स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको अध्यक्षमा दोर्ची शेर्पा रहेका छन् । उपाध्यक्षमा केशव पुरी, सचिव लघु सुवेदी र कोषाध्यक्ष निर्मला गुरुङ (निरु) छन् ।
सदस्यहरुमा पारस राई, अशोक मेहता, विकाश सोनु, सागर पोख्रेल, लोकराज बस्नेत, प्रदिप गहतराज, मञ्जु केशी, रुपेश भट्टराई, संगिता राई, विवेक घिमिरे, सविन चौलागाई, नविन श्रेष्ठ, कुन्दन मण्डल, दिलिप रुवर्णकार, समिर राई, सुगम श्रेष्ठ र मेगाधन राई रहेका छन् ।