काठमाण्डौं: राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिले विवादित बनेकी नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको छ ।
प्रहरी झाँक्रीलाई पक्राउ गर्न पुगेपछि उनका समर्थक तथा कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । झाँक्रीले आफुलाई पक्राउ गर्न आएको प्रहरीसँग पक्राउ पुर्जी मागेको तर नपाएको बताएकी छिन् । गैरकानुनी पक्राउ भन्दै उनले प्रहरीसँग नजाने अडान लिएकी छिन् । झाँक्री घरभित्रै छिन् । झाँक्रीले पत्रकार सम्मेलन सम्मेलन गर्ने तयारी गरेपनि प्रहरी र नेकपाका कार्यकर्ताहरुबीच झडपको स्थिति बनेपछि हुन सकेको छैन । प्रहरी र नेकपा कार्यकर्ताबीच केहीबेरअघि झडप भएको थियो । एक जना घाइते भएका छन् । गोर्खामा आयोजित कार्यक्रममा झाँक्रीले दिएको अभिव्यक्तिबारे नेकपाकै ओली समुहका नेता, कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् ।