धरान: धरान जेसीजको निवार्चित पदाधिकारीहरुको पदस्थापना भएको छ ।
बर्ष २०२१ को लागि नवनिर्वाचित अध्यक्ष मणिराज अधिकारीलाई बर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले सपथ ग्रहण गराएर पदभार सुम्पेका थिए । नवनिर्चित अध्यक्ष अधिकारीले महासचिवमा कृष्ण केसी, कोषाध्यक्षमा सजुला श्रेष्ठलाई मनोनित गरेका छन् भने कानुनी सल्लाहकारमा विदुर थापा, आर्थिक सल्लाहकारमा बर्षा अग्रवाललाई मनोनयन गरेका छन् । यस्तै, तालिम ईन्स्टिच्यूटको निर्देशकमा सन्जु राईलाई मनोनित गरेका थिए । कार्यक्रममा धरान जुनियर जेसीजको वर्ष २०२१ का लागि अध्यक्ष साहिल भुजेलको पनि पदस्थापना गरिएको थियो ।
राजनीतिक दलमा एक व्यक्ति, एक पद हुनुपर्छ: आचार्य
धरान जेसीजको ४५ औं पदस्थापना कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवं कांग्रेस नेता महेश आचार्यले जेसीजम जस्तै राजनीतिक दलहरुमा पनि एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुपर्ने बताएका छन् । नेता आचार्यले समृद्ध राष्ट्र निर्माणको लागि सक्षम नेतृत्वले भिजनसंगसंगै योजना कार्यँन्वयनमा पनि उत्कृष्टता ल्याउनुपर्ने बताए ।
पुर्वमन्त्री आचार्यले भने, “अब जेसीजले मात्र होईन, देश विकासमा राजनैतिक पार्टीले पनि एक व्यक्ति एक पदको अवधारणा ल्याउनु पर्छ ।” विशेष अतिथिकोरुपमा प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ र धरानका मेयर तिलक राई रहेका थिए । मेयर राईले धरान जेसीजले तालिमको माध्यमबाट साधारण व्यक्तिहरुको नेतृत्व र व्यक्तित्वमा विकास गर्न सफल रहेको बताए । कार्यक्रम धरान जेसीजका पूर्वअध्यक्ष मोहन श्रेष्ठले सञ्चालन गरेका थिए भने निवर्तमान अध्यक्ष मनिष शाहीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा धरान जेसीजको भवन निर्माणका लागि सहयोगी दाताहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।