विराटनगर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको प्रदेश १ स्तरीय जनसभा विराटनगरमा शुरु भएको छ ।
विराटनगरको विराट अस्पताल नजिकैको खाली जग्गामा ओली समुहले विशाल जनसभा आयोजना गरिरहेको छ । जनसभा शुरु हुनुअघि विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ताहरुले विराटनगरको विभिन्न नाकाबाट र्याली निकालेका थिए । सभास्थलमा ओली समुहका हजारौं समर्थक तथा कार्यकर्ताहरुले खचाखच भरिएको छ ।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ इञ्चार्ज एवं संविधानसभा अध्यक्ष सुवास नेम्बांग, मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले नेता नेम्बांगले सम्बोधन गरिरहेका छन् । सत्तारुढ नेकपाको ओली समुहले धनगढीबाट जनसभा शुरु गरेर विभिन्न जिल्ला तथा प्रदेश हुँदै आज विराटनगरमा सभा आयोजना गरेको हो ।