धरान: मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको प्रदेशसभाको हिजो (आइतबार)को बैठक प्रति नेकपा संसदीय दलले असहमति जनाएको छ ।

नेकपाको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रेस विज्ञप्ती जारी गर्दै संसदीय दलको विधानलाई अस्विकार गरि प्रदेश सभा सञ्चालन भएकोप्रति संसदीय दलको पुर्ण असहमति भएको जनाएका छन् । उनी नेकपाको ओली पक्षीय प्रदेश सांसद हुन् । उनले विज्ञप्तीमा संसदीय दलको विधान वमोजिम प्रदेश सभामा नेकपाकोतर्फबाट प्रतिनिधित्व गर्ने केही सांसदहरुलाई ३ महिनाको लागि निलम्बन गरेर प्रदेश सभामा जानकारी गराएको उल्लेख गरेका छन् ।

आइतबार बैठक अघि सोही सन्दर्भमा ध्यानाकर्षण गराउदै सभामुखलाई पत्र पठाए पनि निलम्बित सांसदलाई संसदीय गतिविधिमा सामेल गराएर संसदीय दलको विधानलाई अमान्य गर्नुले लगत परम्परा स्थापित हुने र जुनसुकै दलभित्र पनि दलीय नियन्त्रण नरहने उल्लेख छ । प्रदेश सभाको जारी सातौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा अविश्वासको प्रस्ताव कार्यसुचीमा राखिएको थियो । सत्ता पक्षीय नेकपाको असहमति हुँदा हुँदै सभामुखले बैठक सञ्चालन गरेर अविश्वासको प्रस्ताव पेश गर्न अनुमति दिएका थिए । nekapa