काठमाण्डौं: भुमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज तीन बुँदे सहमति भएको छ ।

वार्ता टोली गठन गरेर औपचारिकरुपमा वार्ता थालेको दोस्रो दिनमा नै सरकार र उक्त समुहबीच ३ बुँदे सहमति भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच भएको वार्तामा सहमति जुटेको छ । सहमति पछि जारी गरिएको संक्षिप्त प्रेस नोट अनुसार सरकारले यसअघि विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

यस्तै, विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएको मुद्दा फिर्ता गर्ने सहमति भएको छ भने विप्लव समूहले आफ्नो सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रूपमा गर्ने पनि सहमति छ । सहमतिको विस्तृत विवरण भने भोली शुक्रबार सार्वजनिक गरिने भएको छ। उक्त बिशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भएका छन् ।press-note