धरान: धरानको ८ औं नगर सभा २ वटा नयाँ विधेयक पारित गर्दै सम्पन्न भएको छ ।

आज सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहरुको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जनकारी दिए । उनक अनुसार यो संशोधन कार्यान्वयन हुँदा कार्यअवधि ५ बर्ष पुरा भएका र योग्यता भएकाहरुलाई एक तह बढुवा(वृत्ति विकास) हुनेछन् ।

यस्तै, सार्वजनिक लेखा समितिको अर्ध बार्षिक प्रतिवेदनलाई पनि सभाले अनुमोदन गरेको खतिवडाले जानकारी दिए । लेखा समितिले केही बेरुजु पेस्कीहरु फछ्यौट गर्न सिफारिश गरेको थियो । उक्त सिफारिश अनुसार केही बेरुजु पेस्कीहरु पनि फछ्यौट भएको खतिवडाले जानकारी दिए । यसैगरि, न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी ऐनमा केही बुँदाहरु पनि संशोधन पारित गरेको छ भने यो बर्ष बिनियोजन गरिएको बजेट तथा कार्यक्रमहरु संशोधन, रकमान्तर गरिएको छ ।

भुमि आयोगलाई म्याद थप गर्न पत्राचार गरिने

nagarko

भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलनको म्याद थप गर्न भुमी आयोगलाई पत्राचार गरिने भएको छ । यसबारेमा नगरसभा सदस्य तथा वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्बु प्रस्तावक र वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठ समर्थक भएको समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्ताव दर्ता भएपछि नगर प्रमुख तिलक राईले सम्बोधन गर्दै लगत संकलन गर्न म्याद थपको लागि पत्रचार गर्ने र कार्यान्वयनमा तत्काल लागि पर्ने प्रतिवद्धता जनाएको प्रस्तावक वडाअध्यक्ष लिम्बुले बताए । आयोगले लगत संलकन फारम भर्न दिएको ३५ दिने समयको म्याद फागुन १४ गते सकिएको थियो ।