इटहरी: प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लडन राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने वताएकी छिन् ।
इटहरी उपमहानगरले १११ औ अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया उपसभामुख पोखरेलले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले अवको चुनावमा दलभन्दा माथि उठेर सके ५० प्रतिशत, नसके ३३ प्रतिशत महिलालाई जिताउनुपर्नेमा जोड दिइन् । उनले महिला आत्मनिर्भर र सुखी हुन नसके सम्वृद्ध नेपाल वन्न नसक्ने पनि बताइन् । साथै उनले महिला आत्मनिर्भर बन्न सके हिंसा कम हुनेमा जोडदिइन् ।
प्रदेशसभा सदस्य सर्वध्वज साँवाले महिलालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्दै रोजगार बनाउन सक्नुपर्नेमा जोडदिए । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले राजनीतिमा महिला हिँसाको विषय वहसको बिषय नवनेकाले इटहरीवाट वहसको सुरुवात गरिएको बताइन् । कार्यक्रममा इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसी तथा विमला ढकाल,रञ्जु सिग्देल,रोशना थापा,कमला खडका,रुक्मिणी कोइराला गंगा गुरुड लगायत बोलेका थिए ।
कार्यक्रममा इरिक्सा चालकहरु सीता परियार, सुजता राई, रीता दाहाल, मनिषा कार्की र दीपा कार्कीलाई सम्मान गरिएको छ । यसैगरि, उममेयर आत्मनिर्भर कार्यक्रममा उत्कृष्ट कार्य गर्ने तालतलैया कृषि उद्यमी महिला समूह इटहरी २, सगरमाथा दालमोठ भूजिया महिला उद्यमी समूह इटहरी २०, चिनारी कृषि उद्यमी महिला समूह इटहरी १९, सृजनशील कृषि उद्यमी महिला समूह इटहरी ३, लाई प्रसंशा पत्रसहित सम्मान गरिएको छ । यसैगरि लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भई स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै रुक्मिणी कोइराला र दीपा शर्मालाई सम्मान गरिएको थियो ।