धरान: आज १११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस । यो दिवसको अवसरमा धरान उपमहानगरका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले यो दिवसले महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यको लागि आम नागरिकलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले महिलाविरुद्ध हुने सबै प्रकारका विदेभ र उत्पीडन अन्त्य गर्ने काममा आ आफ्नो क्षेत्रबाट अग्रसर हुन पनि आग्रह गरेका छन् । साथै, मेयर राईले लैंगिक समानताको लागि समान सोच र व्यवहारका साथ अघि बढ्ने संकल्प गर्दै नगरबासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

मेयर राईले हिंसा लोकतन्त्र र जनताको सम्प्रभुताका माथिको ठुलो खतरा, आर्थिक प्रगतिको बाधक र सामाजिक एकता, सद्भाव कमजोर बनाउने कारण पनि भएको बताएका छन् । ‘महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको अवस्था छ । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु,’मेयरद्धारा जारी सन्देशमा भनिएको छ ।

mahila1