विराटनगर: भोली सोमबार बस्ने भनिएको प्रदेश नं १ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले आज एक सुचना जारी गर्दै सभामुखको आदेश अनुसार बैठक स्थगित भएको जानकारी दिएको हो । बिशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम(३) वमोजिम अर्को सुचना नभएसम्मको लागि वैठक स्थगित भएको जनाइएको छ ।
यसअघि फागुन २० गते बस्ने भनिएको प्रदेशसभा बैठक पनि स्थगित भएको थियो । अघिल्लो दिन फागुन १९ गते प्रदेशसभा सचिवालयले सुचना जारी गर्दै २० गतेको बैठक स्थगित भएको र चैत २ गते बस्ने जानकारी दिइएको थियो ।