काठमाण्डौं: नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ ।
आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन गरिएको बोर्डमा सदस्यकोरुपमा माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि राखिएको छ । यस्तै, बैठकले कार्यदल गठन गरेर संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अघि बढाएको छ ।
सोही बैठकले पार्टीको गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको बताइएको छ । सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय भएको सांसद महेश बस्नेतले जानकारी दिए ।