धरान: प्रेस चौतारी नेपाल, सुनसरीले आसन्न नेपाल पत्रकार महासङ्घको चुनावमा सन्तोष काफ्लेलाई अध्यक्षमा उमेदवार बनाउने भएको छ ।

चौतारी सुनसरीको आज बसेको जिल्ला बैठकले काफ्लेलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । काफ्ले हाल पत्रकार महासङ्घका उपाध्यक्ष हुन् । पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रिय समितिको चुनाव चैत २५ गते एकैपटक हुने भएको छ । महासङ्घको सम्पुर्ण साधारण सदस्यहरुले ३ तहकै उमेदवारलाई भोट दिन पाउछन् ।      IMG_20210320_141232   

सोही बैठकले ७ सदस्यीय निर्वाचन संयोजन समिति पनि गठन गरेको चौतारीका जिल्ला अध्यक्ष शेखर ढकाल यात्रीले जानकारी दिए । उक्त कार्यदाललाई थप पदहरुमा उमेदवार छनौट गर्ने, अन्य संगठनहरुसङ्ग समन्वय गर्ने लगायत जिम्मेवारी दिइएको उनले बताए ।