धरान ः नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठकले कार्यालय सञ्चालन कमिटी गठन गरेको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टी कार्यालय सञ्चालन गर्न सचिव ठाकुरबहादुर कार्की संयोजक रहेको ३४ सदस्यीय कमिटी गठन गरेको हो । समितिको सहसंयोजकमा पार्टी उपसचिव जोन राई रहेका छन् । सोही बैठकमा नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा मनोनित भएका ९ जनालाई जिल्ला अध्यक्ष भण्डारीले सपथ ग्रहण पनि गराएका थिए । जिल्ला कमिटी सदस्यहरुमा यशोदा कायस्थ, मणिराम राई, नन्द राई, प्रेमकुमार राई, किशोर सम्बाहाम्फे, सुवास पौडेल, उद्धव श्रेष्ठ(मकै), तिलक राई र कुञ्ती योञ्जन मनोनित भएका छन् ।
हामी आधिकारिक कमिटी हौं: भण्डारी
एमाले सुनसरी जिल्ला कमिटी अध्यक्ष भण्डारीले फागुन २८ र चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठकले आधिकारिता प्रदान गरेको कमिटी मात्र आधिकारिक र क्रियाशिल भएको दाबी गरेका छन् ।
भण्डारीद्धारा जारी विज्ञप्तीमा २०७५ चैत अघिका कमिटीहरु अब अस्तित्वमा नरहेकोले त्यस्ता गुटगत गतिविधिमा सामेल नहुन पनि आग्रह गरेका छन् । पार्टीमा कुनै गुतगत गतिविधिमा यो वा त्यो नाममा कार्यकर्तालाई संलग्न नगराउन पनि अध्यक्ष भण्डारीले चेतावनी दिएका छन् । पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई उचित र सम्मानपुर्ण जिम्मेवारी प्रदान गरिने पनि बताएका छन् ।