विराटनगरः नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष ओलीले आफ्ना भक्तहरुलाई मात्र पार्टीमा ठाउँ दिएको आरोप लगाएका छन् ।
आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘ओलीसँग लाग्नेहरु दास हुन् । उनको दास बन्न नसक्नेहरु समेटेर सँगठन बनाउँदेछौँ ।’ उनले ओलीले विधान विपरित काम गरेको भन्दै हरेक जिल्ला, प्रदेश र केन्द्रमा समानान्तर कमिटी बनाइ अघि बढ्ने जानकारी दिए ।
विधि विधानको खिल्ली उठाउँदै पार्टीलाई निजि कम्पनी जस्तो बनाइएकोप्रति उनले रोष प्रकट गरे । ‘अदालतले आदेशले पार्टी ब्यूतिएपछि ओलीले अनुहार हेरेर कारवाही चलाएका छन्,’उनले भने, ‘सँघर्ष जारी रहन्छन् । हामी ओलीको मुख हेरेर आन्दोलनमा सहभागी भएका होइनौँ ।’ ओली अल्पमतमा परेको भन्दै नेपालले आफु हरसम्भव पार्टी एक ढिक्का बनाउने काममा मै लागि पर्नेसमेत जानकारी दिए ।