विराटनगरः नेकपा एमालेबाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा विराटनगरमा जिल्ला र महानगरको समानान्तर कमिटी गठन गरेको छ । 

एमालेका चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्य कमिटि समानन्तर कमिटी निर्माण गरिएको हो । यस्तै, विराटनगर महानगरपालिका कमिटीमा पारुल क्षेत्रीको नेतृत्वमा १ सय २५ सदस्य कमिटी पनि निर्माण गरिएको छ । नेता नेपालले पार्टी अध्यक्ष केपी ओलीको एकलौटी र स्वेच्छाचारी स्वभावकै कारण आफुले समानान्तर कमिटी बनाउनु परेको धारणा राखे ।

उनले देशभरका कार्यकर्ता र शुभेच्छुकको साथ सहयोग रहेको भन्दै पार्टी भित्र पचास प्रतिशत भन्दा बढि मत आफ्नो पक्षमा रहेको तर्क गरे । उनले आफुले हातमा दही जमाएर नबस्ने भन्दै ओलीको गतल कार्यलाई टुलुटुलु हेरेर बस्ने स्वभाव नभएको बताए । उनले ओली सुध्रिएको खण्डमा आफुहरु पार्टीमा एकिकृत भएर अगाडी बढन तयार भएको पनि बताए । ‘ओली अध्यक्ष, प्रधानमन्त्री जे जे चाहन्छन् बनून्,’ उनले नेपालले भने ‘हामी सिँगो पार्टी चाहन्छौ । आन्दोलनको रक्षा होस् भन्ने चाहन्छौँ । त्यसका लागि पहिले ओली सच्चिएर आउनु पर्यो ।’