धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले १२ औं राष्ट्रिय जनगनणा एवं संस्थागत प्रशिक्षण दिन थालेको छ । 

यायोक्खाले आउँदै गरेको १२ औं राष्ट्रिय जनगनणालाई लक्षित गरि किरात राई समुदायको बसोबास रहेको सुनसरीको विभिन्न स्थानहरुमा प्रशिक्षण दिन सुरु गरेको हो । किरात राई यायोक्खाका केन्द्रिय महासचिव शुभचन्द्र राई र किरात राई यायोक्खाका केन्द्रिय सचिव दोर्पाध्वज राईले प्रशिक्षण दिइरहेका छन् । 

यायोक्खा सुनसरीले एक दिवसिय प्रशिक्षण कार्यक्रम धरान वडा नं. ८ बाट सुरु गरेको हो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईको प्रमुख अतिथिमा शुक्रबार धरान ८ स्थित यलम्बर पार्कमा प्रशिक्षणको आयोजना गरेका थिए । अध्यक्षका राईका अनुसार यसभन्दा अघिको जनगनणामा किरात समुदायको थरमा केही त्रुटी भएका कारण यसपटक त्यस्तो त्रुटी नहोस् भनेर प्रशिक्षणको अभियान चलाएको हो । 

अध्यक्ष राईले किरात राई समुदायका सम्पूर्ण राईहरुले जातीको महलमा राई, मातृभाषामा किरात राईहरुले बोल्ने थरगत (पुर्खौली) भाषा, दोस्रो मातृभाषामा किरात राई समुदायकै अन्य कुनै बोलीचालीको भाषा साथै किरात राई समुदायले मान्ने गरेका प्रकृति पुजक हुनाले धर्मको महलमा किरात लेख्न आह्वान गरेका छन् । आफ्नो भाषा, धर्म तथा जातको संरक्षण र सम्वद्र्धन गर्नका लागि प्रशिक्षण दिन थालिएको राईको भनाई छ । अहिले किरात राई यायोक्खाले देशभर नै यो अभियान थालेको छ ।