धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिश अनुसार प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी छिन् । 

राती करिब पौने २ बजे प्रनिनिधिसभा विघटन गर्दै आउदो कातिक २६ र मंसिर ३ गते चुनावको घोषणा गरेकी हुन् । संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री नियुक्ती गर्न नमिल्ने ठहर राष्ट्रपति भण्डारीले गरेकी थिइन् । राष्ट्रपतिको यो निर्णय लगत्तै मध्यराती बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति सिफरिश गरेको थियो । 

राष्ट्रपतिको यो कदमलाई भने विपक्षी दलका नेताहरुले चर्को विराध गरेका छन् । सरकारको सिफरिशमा राष्ट्रपति भण्डारीले गत पुष ५ गते पनि प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति घोषणा गरेकी थिइन् । उक्त कदमलाई विपक्षी दलहरुले असंवैधानिक भन्दै प्रतिगमनको संज्ञा दिएको थियो, र सडक आन्दोलन गरेको थियो । पछि सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा ब्युँताइदिएको थियो । 

Samsad-Vanga-prez-off-1prez-off-3