प्रसंग परिचय

नेपालको पुर्वी क्षेत्रमा पर्ने एक धार्मीक तीर्थस्थलको नाम लिनु पर्दा नेपाल र भारतमा पाथिभराको नाम आउछ । यो तीर्थस्थल लगभग २०० बर्ष तिर पाथिभरा उत्पति भएपछि प्रख्यात हुदै गएको हो । यो एक पवित्र शक्तिको रुपमा आम तीर्थालुहरुले मान्ने गर्दछन । यहा नेपाल लगायत भारतका विभिन्न राज्य सिक्किम, पश्चिम बंगाल, आसाम, विहार जस्ता ठाउँबाट तीर्थालु तथा भत्तजनहरु ठुलो श्रदाका साथ आउने गर्दछन । यसको प्राकृतिक स्वरुप पाथी भरिएको जस्तो देखिने भएकाले अहिले सबै समुदायले पाथिभरा माता भनि चिन्दछन ।

पछिल्लो समयमा पाथिभरा सम्बन्धी नामलाई लिएर धेरै विवादहरु देखिएका छन् । यहाँका लिम्बु समुदायमा देखिएको नाम सन्बन्धी विवादले सिंगो समुदाय र गैर समुदायमा विवाद चरम उत्कर्षमा छ । यसमा एउटा पक्षले पाथिभरालाई मुकुम्लुङ नामाकरण गर्नु पर्ने तर्क पेश गरिरहेको छ भने अर्को पक्षले नाम मुन्धुम अनुसार हुनु पर्ने र यहाँको पुजा अभ्यास पनि मुन्धुम अनुसार हुनुपर्ने र पाथिभरा क्षेत्रलाई नै प्राकृतिक स्वरुपमा परिवर्तन गर्नु पर्ने तर्क प्रस्तुत गरिरहेको छ । पथिभराको नाम मुकुम्लुङ भनेर धेरै पछि मात्र आएको हो । त्यो भन्दा अगाडि पाथिभरा शब्दनै आएको हो । पाथिभरा नाम भन्दा अगाडि यसको अवस्था, मान्यता र विश्वास कस्तो थियो ? यसको नाम के थियो ? भन्ने बारेमा यहाका आदि बासिन्दा याक्युङ लिन्बु समुदायको मनोविज्ञानलाई बुझ्नु पर्ने हुन्छ । यसका लागि आदि ज्ञान मुन्धुमको सहायता लिनु पर्ने हुन्छ । मुन्धुमले निर्देशित गर्ने मान्यता र विश्वासलाई मान्नु नै विबेकयुक्त हुन्छ ।


भौगोलिक अवस्थिति र प्राकृतिक सान्दर्य

यो नेपालको प्रदेश नं. १ अन्र्तगत पर्ने १४ जिल्ला मध्ये सुदुर पुर्व उतरमा पर्ने तात्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिाकामा पर्ने एक प्रख्यात तीर्थ स्थल हो । यो तीर्थस्थल समुद्री सतह देखी ३७९४ मी. ( १२४४८ फिट ) उचाईमा रहेको छ । यो डाँडाको मुनी तम्बर तिर फुरुम्बो, माङयुङ, लिङखिम पर्दछ भने फावाखोला याङवरक तिर तेम्बेवा, तिरिङे, कन्जारी, बखिम( बोखिम ) आदि ठाउहरु पर्दछन । यो कुनै समय ताप्लेजुङ जिल्लाको साविक तिरिङे गा.वि.स.मा पर्दथ्यो । यो गा.वि.स. फावाखोला संग छुट्टिए पछि फाबाखोला गा.वि.स.मा पर्दथ्यो । हाल ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका बडा नं.११ मा पर्दछ । यो पहाडको फेदबाट नै पाथि भरिएको जस्तो उकालो भएकाले लेक लाग्न सक्छ ।

यो उकालो पार गर्न निकै कठिन हुने भएता पनि बाटो भरी फुलेका गुरासका फुलहरुले यात्रालाई सहज बनाई रहेका हुन्छन । गुरासका फुलहरु भएनन भने पछि केही दुरीमा रहेका फलैचाहरुले तीर्थयात्रीलाई थप उकालो चढ्न निम्त्याई रहेका हुन्छन । यदि यस्तो भएन भनेपनि फेदीबाट टागिने धागोले निरन्तर उचाईमा पुग्न तानीरहेको हुन्छ । यो उचाईमा रहेकाले प्राय बर्षा भइरहने र हिउदको समयमा हिउ समेत प्रयाप्त पर्ने गर्दछ । हिउ परेको समयमा यो डाडा सेताम्य हुन्छ । मौसम सफा रहेका अवस्थामा यहाबाट फक्ताङलुङ ( कुम्भकर्ण)  र सेसेलुङ ( कन्चनजंघा )को परिदृश्य लोभ लाग्दो देखिन्छ । यस्तो लाग्छ कि कोही पाथिभरा पुगेको मानिसका लागि कुम्भकर्ण र कन्चनजंघा साक्षी बसेका छन ।

फक्ताङलुङ ( कुम्भकर्ण)  र सेसेलुङ ( कन्चनजंघा ) यति नजिक देखिन्छन कि यहा आएका तीर्थयात्रीहरु संग यी पर्बतहरुले साक्षात्कार गर्न खोजीरहेका छन । यहाबाट प्रदेश नं. १ का विभिन्न जिल्लाहरु, प्राय मुन्धुमी तथा प्राकृतिक सौन्दर्ययुक्त स्थलहरुको अवलोकन गर्न सकिन्छ । खुलेको रातमा यहाबाट भारतको सिक्किम, दार्जिलिङ समेत देखिन्छ । मेन्छायेम, मानाभरा आदि धार्मिक तथा प्राकृतिक स्थलहरु देखिन्छन ।

आदिम मुन्धुमी मान्यता र विश्वास

तागेरा निवाफुमा पृथ्वी लोकमा आउदा युमा माङको रुपमा आएका थिए । तागेरा निवाफुमा युमा माङ फक्ताङलुङ ( कुम्भकर्ण)बाट अवतरित भएर युमा खाम हुदै पाथिभरा आएको मानिन्छ । यहीबाट सम्पुर्ण लिम्बुवान याक्थुङ लाजेमा युमा घुमेको मानिन्छ । उनी संगै अगाडि पछाडि लागेर घुमेका माङ साममाङहरु यही स्थानमा युमा संग रहेको मानिन्छ । कतिले यही युमा अलाप भएको पनि मान्दछन । यही झञ्ज्याङमा रहदा खेल्दा यहाका आदि बासीहरु याक्थुङ लिम्बुहरुले उनको शक्तिको विभिन्न प्रकारले उपस्थिति आभास गरको मानिन्छ । यसैले कतिले यहा आदि देवहरु रहने र खेल्ने ठाउको रुपमा पनि मान्दछन । यो शक्तिलाई पवित्र मानी सेमुत्तु भनी टाढैबाट मानेका हुन । यो शक्ति पुरै पहाडमा देखिने भएकाले सिंगै पहाडलाई पबित्र मानेका हुन ।

आफ्नो मुन्धुमी भाषामा यसलाई सेमुक्तु मुक्तिगोक्मा अर्थात पवित्र आत्मा शक्ति रहने पहाड भनी संवोधन गरेका हुन । कोक्मा अथवा पहाड भनेर मानेका हुन । कतिले संवोधन गर्ने क्रममा पवित्र शक्ति रहने थेगु अथवा भञ्ज्याङ भनेका छन । अझ कतिले पवित्र शक्ति रहने बुङ अथवा मुल । मुहान भनी सम्बोधन गरेका छन । यो शक्ति संग नजीकबाट अर्तक्रिया हुदा समुदायले विभिन्न खालका परिघटनाहरु पनि बेहोर्ने गरेको विभिन्न मुन्धुमहरु पाइन्छन । 

कहिले यसको फेदी मुनी गाईगोठ सम्बन्धी मिथक, युमा र ताम्भुङमा नाची यो डाडा नांगो पारेको मिथक , कहिले आगो सम्बन्धी मिथक, कहिले आदि देवहरु खेलेको आभास, कहिले प्राकृतिक चक्र सम्बन्धी पुर्वअनुमान गर्ने गरेको पाइन्छ । यसलाई पेगिफाङसाम (फेदाङमा, साम्बा, येबा । येमा ) हरुले वाचन गर्दै आएको मुन्धुममा अधिकाश सेमुत्तु मुक्तिगोक्मा भेटिन्छ । यसको अर्थ पवित्र आत्मा शक्तिले आफ्नो शक्ति देखाउने ठाउ भनेर बुझ्न सकिन्छ । यो सबै भन्दा प्रचलित मुन्धुमी नाम हो ।

हुनत यसलाई धेरै नामले मुन्धुममा पुकार गरेको पाइन्छ । यी अन्य उच्चारणहरु यही नाम केन्द्रीत छन । सेमुक्तु मुक्तु गोक, मुक्तुगोक, मुक्तुगोक थेगु , मुक्तिगोक, सेन्छिगोक, सेमुक्तुगोक, साङसिङ मुक्तु कोक्मा, सेङसिङ कोक्मा मुक्तु फोःमा, सेङसिङ कोक्मा साङसेरेप्मा आदि नामले पुकारेको पनि भेटिन्छ । यी तथ्यहरुलाई विश्लेषण गर्दा अधिकांशमा सेमुक्तु मुक्तिगोक्माको वरिपरि नामहरु घुमेका देखिन्छ । मुन्धुम विविधता र उच्चारणमा फरकपनाको कारण यस्तो हुन गएको र केहीमा फरक नामले उच्चारण भएको पाइन्छ । यस्तो अवस्थामा बढी प्रचलित मुन्धुमी उच्चारण तथा अभ्यासलाई नै बढी महत्व दिन सकिन्छ । यसको बढी प्रचलनमा रहेको मुन्धुमी नाम सेमुक्तु मुत्तिगोक्मा भनेर भन्न सकिन्छ ।

भाषिक संरचना

सेमुत्तु मुक्ति कोक्मा शब्द समुहबाट मुक्ति र कोक्मा वीच सन्धी भई सेमुत्तु मुक्तिगोक्मा भएको हो । शब्द संरचनामा मुक्ति शब्द आएकोले यो सस्कृत शब्द भएको तर्कहरु पनि अगाडि आएका छन । प्राय मुन्धुमी भाषामा दुइटा शब्दहरु संगसंगै आउछन । यस्तो भाषिक अभ्यास विश्वमै अनुपम र फरक हो । यसमा मुल पछिल्लो शब्दले नाम ( संज्ञा )को बारेमा बढी बताएको हुन्छ भने अगाडिको शब्द ( कुगाप) ले विशेषणको काम गरेको हुन्छ । यसरी हेर्दा मुन्धुमी शब्दले सामान्य शब्द उच्चारणको मात्र कुरा गरेको हुदैन । यसले समुदायले बुझ्ने सो बस्तु, स्थल, अस्तित्व तथा अबधारणा सम्बन्धी आदिम मान्यतालाई बुझाइरहेको हुन्छ । 

से भन्नाले यहा पवित्र भन्ने अर्थ लाग्दछ । मुक शब्द धातु हो । यसले शब्दको काम पनि गरेको हुन्छ । शब्दबर्गमा मुकको संज्ञाको रुपमा शक्ति भन्ने अर्थ लाग्दछ । क्रियाको रुपमा बज्नु अथवा शक्ति देखाउनु भन्ने अर्थ लाग्छ । मुक्तिको शब्द लिम्बु भाषा सिधा अर्थ शक्ति देखाऔं भन्ने अर्थ लाग्दछ । र कोक्माको अर्थ पहाड अथवा झञ्ज्याङ भन्ने अर्थ लाग्दछ । समग्रमा सेमुक्तु मुक्तिकोक्मा को अर्थ पवित्र पराभौतिक अस्तित्वले शक्ति देखाउने पहाड भनेर अर्थ लगाउन सकिन्छ । यसले मुन्धुमी बुझाइलाई बोकेको पाइन्छ । मुन्धुमी बुझाईले याक्थुङ लिम्बु समुदायको शाश्त्रिय बुझाईलाई बोकेको हुन्छ । शाश्त्रिय बुझाईमा याक्थुङ लिम्बु समुदायले सिंगो पहाडलाई पवित्र मानेको देखिन्छ । आफ्नो बस्ती जहाजहाबाट पथिभरा देखिन्थ्यो र आभास गरिन्थ्यो त्यहा त्यहा बाटै सिंगो पहाड ( कोक्मा ) लाई मान्दै पुज्दे समुदायले मानेको देखिन्छ । तथापि सो समुदायले पाथिभरा उत्पति हुनु अगाडि सोही स्थानमा गएर पुजाआजा गरेको देखिदैन ।

आज भोलि पनि सेमुक्तु मुक्तिगोक्मा अथवा पाथिभरा जादा तल्लो फेदी बाटै धागो टाग्दै पहाडको शिखरमा पुगी पुजाआजा गरिन्छ । वास्तबमा आरधनाको काम उक्त पहाडको फेदी बाटै शुरु हुन्छ । मुक्ति शब्द संस्कृति शब्द हो भनेर एकोहोरो रटान लगाउनु आफ्नो भाषाको गहिरो ज्ञान नहुनु पनि हो । शब्दको उच्चारण मिल्छ भन्दैमा त्यो शब्द आयातित हो भन्ने सोच राख्नु भाषिक उपनिवेषिक मानसिकताबाट गुज्रनु पनि हो । यस बाट यही निचोड निकाल्न सकिन्छ कि सेमुत्तु मुक्तिगोक्मा मौलिक मुन्धुमी शास्त्रिय शब्द हो । यसले मुन्धुम मान्ने समुदायको आदिम ज्ञानलाई प्रतिनिधित्व गरेको हुन्छ ।

पाथिभराको रुपमा उत्पत्ति मुन्धुम

यो डाडालाई याक्थुङ लिम्बु समुदायले परापुर्व कालदेखि प्राकृतिक दैविक शक्तिको रुपमा सेमुत्तु मुक्तिगोक्माको रुपमा माने पनि आम मानब जगतमा लगभग दुई सय बर्ष तिर मात्र ब्यापक रुपमा उत्पक्ति भएको मानिन्छ  । जस अनुसार यस क्षेत्रमा याक्थुङ लिम्बु बाहेक अन्य जात जातिको उपस्थिति र मानवीय कृयाकलाप शुरु भई सकेको मान्न सकिन्छ । जस अनुसार गुरुङ जातिका मानिसहरु पाथिभराको फेदी तेम्बेबा चिजाङतेम्बे बराहदेनमा बसाई सरका थिए । उनिहरु परम्परागत पेशा भेडा पाल्ने र यसको उनबाट परन्परागत राडिपाखी बनाउने काम गर्दथे । उनीहरु ठुला ठुदा भेडी गोठ राख्दथे । भेडी गोठलाई मौसम अनुसार चिसो मौसममा बेसी तिर झार्ने र गर्मीको समयमा लेक फाट तिर लाने गर्दथे । यसरी यो परिसरमा भेडी गोठ लेकबेसी गर्दा ठुला ठुला चौर, फाटहरुमा भेडी गोठ बास बसाउथे ।

यस्तो क्रममा एक दिन अचानक भेडी गोठमा भेडाको संख्या घट्दै गएको थाह पाए । कुनै बाघ भालुको शिकार भएको पनि कतै चिन्ह नभेटेपछि यसरी आफ्ना भेडाहरु हराउदै गएको देखेर के भएको भनी विभिन्न फेदाङ्मा, साम्बा, येबा । येमा, लामाहरुलाई हेराउदा खासै प्रगति भएन । यस्तो लामो समय ब्याग्र र चिन्तित रहदा एक दिन भेडी गोठाला निद्रामा हुदा सपना देख्न पुगे । सपनामा एक शक्तिशाली देवी उच्च पहाडको अफ्ट्यारो ठाउमा रहेकोले आम मानिसको पहुच नभएको र उक्त दैविक शक्तिले सेमुत्तु मुक्तिगोक्माको फेदमा खेल्ने बाला शिकारी ( इजम थरिहरुको पितृ पुङसाम जो २०० बर्ष तिर पुङसाम भएको र तेम्बेवाको चिजाङ तेम्बेमा सिंगो गुरुङ बस्ती बिस्थापित गरेको मुन्धुम ) लाई उठाई खेलाएको, जसका कारण उनका भेडाहरु कतै नहराएको तर अदृश्य भएको कुरा सम्झाए । यदि उत्त देवी माताको थान  सजिलो ठाउमा ल्याई स्थापित गरी भेडाको थुबा बली चढाए हराएका भेडाहरु जस्ताको त्यस्तै फर्कने वाणी पाए । निद्राबाट ब्युझिए पछि सपनामा जस्तै भनिएका कुरा उत्त भेडी गोठालाले गर्दा भेडाहरु फेरि दुश्यमा आउन थाले ।  हराएका भेडाहरु भेटिए । यो महिमा चारैतिर देश विदेश फैलिए पछि सबै समुदायले यो शक्तिलाई सर्बत्र रुपमा मान्न थालेको पाइन्छ ।

मानिसहरु भीड लागेर पाथिभरा तीर्थयात्रा गर्न थाले । कसैले आफ्ना मनोकांक्षा पुरा गर्न आउथे । कति भाकल पुरा गर्न आउथे । कति मनशान्तिको लागि तीर्थयात्रा गर्दथे । कतिले भेटी चढाउथे । कतिले परेबा उडाउथे । कतिले बली दिन्थे । बिधार्थीहरुले कापी कलम चढाउथे । कतिले घण्टा, त्रिशुल चढाउथे । पहिला पहिला यहा चढाइएको सामान तथा सिक्काहरु लिनु हुदैन भन्ने मान्यता थियो । यसले बाढी , पहिरो, असिना बर्षा, आधीहुरी जस्ता प्राकृतिक विपक्तिहरु आइपर्ने मान्यता थियो । ठुला ठूला गाउनै बगाउने पहिरो गएको बारे कुरा गर्दा यस्ता दैबिक अपराध भएको कुरा जोडेर मानिसहरु आफ्नो धारणा राख्दथे । पथिभारा उच्च ठाउमा रहेका र भौगोतिक हिसाबले फरक बनावट भएकोले सधै यो पहाड वरिपरीका याक्थुङ लिम्बु समुदायले यो पहाडको अवलोकन गरी आफ्नो जीवन अगाडि बढाउने गर्दथे। गर्दछन । मुख्य गरि आजभोलि पनि सन्तान लाभ र मनोकाक्षा पुरा गर्न मानिसहरु सदैब पथिभराको भाकल राख्दथे । राख्दछन ।

हिन्दुकरण 

यो उत्पति कथा चारैतिर फैलिए पछि गैर लिम्बु जातिले यसलाई माता भनी पुकार गर्न थाले ।  बरदानको महिमा चारैतिर फैलिए पनि चारैतिरका दर्शानार्थीको घुइचो लाग्न थाल्यो । प्राकृतिक रुपमा यस पहाडको आकार टाढाबाट हेर्दा पनि पाथी भरिएझै देखिएको र मातृ शक्ति भएकाले यसलाई पाथिभरा माता भनी पुकार गर्न थालियो । याक्थुङ लिम्बु समुदायले टाढा बाट मात्र पहाडलाई पवित्र मानि पुजील्याएको सट्टा टाढाटाढाका तिर्थालुहरुको भीड लाग्न थाल्यो । यहा बली चढाउन शुरुवाती झाक्रीहरुको प्रयोग हुन थाल्यो ।

शुरुवाती समयमा झाक्रीहरुले पनि  याक्थुङ लिम्बुहरुको पुजा विधि नै अपनाउथे । मुल पुजा स्थलको बाहिरी विभिन्न कुई कुदाप ( शिकारी । पुङसाम। बाला, ताम्भुङना र खःजमा  आदि) को पुजा गरेपछि मात्र मुल माताको पुजा गरिन्थ्यो । यसलाई शुरुमा प्राकृतिक तवरमै पुजिन्थ्यो । यहा कुनै कृतिम मुर्ति थिएन । केबल एक ढुगा मात्र थियो । हिन्द्ुहरुले यसलाई शक्तिपीठको रुपमा पुज्न थाले । यहा स्थायी रुपमा पण्डित पुजारी राखी पुजा गर्न थालियो । विस्तारै यो तीर्थस्थलको आदि मुन्धुम तथा उत्पति मुन्धुमको सट्टा  कृतिम मिथक तयार गरी बाचन गर्न थालियो । हिन्दु देवी पाचकन्याको किवदन्ती स्थापित गरि शिव पार्वतीको कथा जोडियो ।

अहिले यसलाई पुर्णरुपमा शक्तिपीठको रुपमा परिणत गर्ने प्रयास गरिएको छ । कृतिम रुपमा किवदन्तीहरु जोड्दा यसले आदि मान्यता र विश्वासमा विचलन ल्यायो । यहा पाचकन्याका किवदन्ती हरु जोडि स्थापित गर्ने काम गरियो । यसरीनै सो स्थानमा भगवती कालिका देवीको मुर्ति स्थापित गरियो । सोही कुराको नक्कल गदै २०७६ मा किरात धर्मीहरुले फागुनन्दको मुर्ति स्थापित गरे । यसले यहाको प्राकृतिक स्वरुपताको नष्ट भयो नै परन्परागत पुजा विधि पनि हरायो । साथै मुन्धुमलाई पनि विस्थापित गरियो । यसरी यो तीर्थ स्थलको हिन्दुकरण गरियो । 

मुकुम्लुुङ नाम 

आफ्नो आखा अगाडि पवित्र धार्मिक स्थलको हिन्दुकरण भएको सम्झी केही लिम्बुहरुले विशेषत किरात धर्मीहरु र केही अग्रज लिम्बुहरुले आफ्नो बनाउने नाममा मुकुन्लुङ शब्द अगाडि बढाएको देखिन्छ । यो तीस चालिसको दशकमा प्रचलनमा थिएन । अहिले धेरैले मुकुम्लुङलाई प्रँथमिकता दिएको देखिन्छ । मुकुम्लुङ्/ मा लिम्बु भाषा भएता पनि यसले सही अर्थ राख्ने र पुस्ताहस्तान्तरण गर्ने कुरामा आशंका ब्याक्त गर्न सकिन्छ । यो सो स्थल संग सम्बन्धित मुन्धुमी भाषा नभएको स्पष्ट भन्न सकिन्छ । यो सो स्थान संग सम्बन्धित मुन्धुमी भाषा नभएकाले याक्थुङ लिम्बुको आदि ज्ञान, मान्यता र हेर्ने दृष्टिकाणलाई समेट्न नसक्ने स्पष्ट छ । ब्यवहारत मुकुम्लुङ पक्षधरको कृयाकलापले त्यही देखाएको छ । आदि मुन्धुमी मान्यता भन्दा फरक अभ्यास तिर किरात धर्मी समुदाय अगाडि बढेको देखिन्छ । यसले आगामी दिनमा मुन्धुममा विचलन ल्याउने कुरा प्रस्ट देख्न सकिन्छ ।

मुकुम्लुङ शब्द ठाउ विशेषलाई संबोधन गरेर मुन्धुममा कतै उल्लेख भएको पाईदैन । बरु प्रथम याक्थुङ मानब मुजिना खेयङनाकी छोरा आदि शिकारी मानब सावागेन युक्फुङ केम्बाको श्रीमतिहरु मध्ये योसुलुङमा मुकुम्लुङ्मा भएको मुन्धुममा स्पष्ट छ । युमाको खेल्ने ठाउ र अझ युमा नै पाथिभरा माता हो भनिरहदा भोलि सावागेन युक्फुङ केम्बाको श्रीमति पाथिभरा हो भन्ने बुझाई स्थापित हुदैन भन्न सकिदैन । यो जति आपत्तिजनक र मुन्धुममा विचलन भविष्यमा केही हुन सक्दैन । यो कुरा संग जानकार केही मान्यबरहरु पनि पाथिभराको नाम अब मुकुम्लुङ नै हुनु पर्छ भन्दै विरोधाषपुर्ण अभियानमा लागेका छन । पाथिभरा मुन्धुमी हिसाबले मुकुम्लुङ नै हो भन्ने कुरा प्रमाणित गर्न लागेका छन । यो सही कदम र दिशा होइन ।

एतिहासिक नजिर

एतिहासिक दश लिम्बुवान मध्ये प्रभावशाली राज्यहरुमा तम्बर यक र याङवरकलाई मानिन्छ । यिनीहरु फेदन र इलाम सहित सिक्किम संग मिल्नाले लिम्बुवान संग एकीकरण सम्झौता पश्चात पनि थप ३ बर्ष गोरखाले सिक्किम संग लड्नु परेको थियो । यी दुई लिम्बुवानको सिमाना स्थलको रुपमा पाथिभरा अवस्थित छ । त्यसैले पनि तम्बर यक र याङवरक शिरमा रहेका कारण यो स्थललाई बुझ्न यही क्षेत्रको याक्थुङ लिम्बुहरुको मनोविज्ञान र ल्यसलाई प्रतिनिधित्व गर्ने पेगीफाङसामहरुले आदि समय देखि गाउदै आएको मुन्धुमलाई सबैभन्दा आधिकारिक मान्नु पर्ने देखिन्छ ।

पाथिभरा क्षेत्र बढी याङवरकले भोगचलन गरेको हुनाले आज भन्दा २८० बर्ष अगाडि याङवरकका त्यअंसी सिरिजंघा ( सन् १७०३ – १७४१ ) ले आफ्नो एतिहासिक टिपोटमा मुक्तिफोमाङ उल्लेख गरेका छन । त्यस्तै वि.सं. १८४८ तिर इजमहरुका पुर्खा युक्तात्बा ( युक्ताम्मा )ले रणबहादुर शाहबाट ल्याएको लालमोहर इस्तिहारहरुमा उत्तरको सिमाना मुक्तिबुङ दक्षिण उल्लेख गरिएको छ । यो क्षेत्रलाई वि.सं. १५ जिम्मा अंशवण्डा गर्दा मुक्तिबुङ तल नाम्सिालिङ क्षेत्र गोश्वारा खर्क राखी लामो समय इजमहरुले उपभोग गरेको इतिहासिक दस्तावेजहरुबाट स्पष्ट हुन्छ । पछि मात्र डिट्डा इन्द्र नारायणले इजमहरुको गोश्वार खर्क हात पारेको इतिहास छ । सो सम्बन्धी मुद्धा समेत भएको तर मुद्धामा इजमहरु हारेकाले सो क्षेत्र इजमहरुको अधिनबाट फुस्किएको थियो । यी तथ्यहरुले सेमुक्ति मुत्तिगोक्मा नामलाई नै पुष्टि हुने एतिहासिक टिपोटहरु गरिएका छन । याक्थुङ लिम्बुहरुको मुन्धुम नै अलिखित, अपरिवर्तनीय, अकाट्य र कालजयी इतिहास हो । यसलाई आधार बनाए जग बलियो हुने कुरा पेश गर्न सकिन्छ ।

अन्त्यमा

  अहिले आएको विवाद बढी याक्थुङ लिम्बु समुदायको पहिचान र आफ्नो आध्यात्मिक धार्मिक अस्तित्व संग जोडिएको छ । राज्य स्तरबाट सक्रियतमा विकासको नाममा यहा संञ्चालन गर्न लागिएका परियोजनाले आफ्नो अतित्व संकटमा पर्ने भन्दै आफ्नो पहिचान रक्षाका लागि सिंगो समुदाय ... भएको क्षणमा आफ्नो पहिचान खोज्दा मुन्धुममा आधारित भएर अगाडि बढ्नु सबैभन्दा राम्रो र बलियो हुन्छ । मुन्धुम सामान्य लागेपछि यो अत्यन्तै ठूलो विषय हो । यो नै दीर्घकालीन पनि हुन सक्छ । सतही कुरालाई आधार बनाएर अगाडि बढे दीर्घकालिन हुन सक्दैन । यो पुस्ताले मुन्धममा आधारित आफ्ना सम्पदाहरुको खोजी गरी पुस्ताहस्तान्तरण गर्नु पर्ने चुनौति छ । मुन्धुममा विचलन आउने खालको कदमले भविष्यमा सहि परिणाम ल्याउन सक्दैन । पाथिभरा माता भनेर आस्था प्रकट गरि आउने तीर्थालु भक्तजनको आस्थामा आच आउन हुदैन । हामीले मुकुम्लुङ भनेर आस्था राख्नेलाई पनि अस्विकार  गर्नु हुदैन । तर समुदायको आदि ज्ञान, मान्यता, आस्था र विश्वास माति कतैबाट पनि आक्रमण हुनु हेदैन । यसका मुन्धुमी मिथकहरु विस्थापित हुनु हुदैन । यसका लागि मुन्धुमी नाम अगाडि बढाएर जानुको विकल्प छैन । धेरै मुन्धुमी नामहरु मध्ये सबैभन्दा धेरै चल्तीमा रहेको नाम सेमुत्तु मुक्तिगोक्मा हो । ब्याक्तिले ब्यात्तिगत आस्था राख्नु भन्नु बेग्लै कुरा हो । समुदायले सामुदायिक हिसाबले यही नामलाई अगाडि बढाए सबै भन्दा उत्तम हुन्छ ।