धरान: नेपाली कांग्रेसको १ नम्बर प्रदेशस्तरीय जिल्ला सचिवहरुको भेला १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

भेडेटारमा भएको सचिवहरुको प्रदेशस्तरीय भेलाले १ नम्बर प्रदेशमा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन शीर्ष नेतृत्वमा अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, उक्त भेलाले क्रियाशिल सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहबाट सिफारिश भई आएको आधारलाई मानेर विवाद समाधान गर्न र १४ औं महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न पनि माग गरेको छ । 

यस्तै, पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन पनि भेलाले माग गरेको छ । यस्तै, जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न पनि भेलाले माग गरेको छ भने नजिकिंदै आएको चाडपर्वहरुमा हुने कृत्रिम अभाव, कालोबजारी, महंगी आदिलाई नियन्त्रण गर्न र प्रभावकारी अनुगमन गर्न, देशमा व्यप्त भ्रष्टचार र अनियमिततालाई पुर्ण नियन्त्रण गर्न भ्रष्टचारमा शुन्य सहनशीलताको नीति लिएर कडा कारबाही गरी सुशासन कायम गराउन पनि माग गरेको छ ।

यस्तो छ घोषणा पत्रः
congress1congress2