धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ ।
एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै, एमालेले विभिन्न ४ बुँदे धारणा पनि सार्वजनिक गरेको छ । लामो समय भएको तालाबन्दीले प्रतिष्ठानको दीर्घकालिन हित र विकासमा पुगेको नोक्सानी साथै धरानको विकासमा पारेको नकरात्मक असरको लेखाजोखा जनसमुदायले गर्न थालेको पनि विज्ञप्तीमा उल्लेख छ ।