धरान: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बिहान धरानमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी र अनलाइन मिडिया एशोसिएशनको आयोजनामा छुट्टाछुट्टै प्रभातफेरि कार्यक्रम आयोजना भएको हो । दुवै संस्थाले चतरालाइनबाट प्रभातफेरि र्याली शुरु गरेर भानुचोकमा कोणसभा आयोजना गरेको थियो । प्रभातफेरि पहिला पत्रकार महासंघ सुनसरीको आयोजना भएको थियो ।
उक्त प्रभातफेरिमा प्रदेश सांसद विजय राई, धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडा १५ का अध्यक्ष नरेश इवारम र विभिन्न राजनैतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद, पुर्वमेयर, उपमेयरले मिडियाले यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताए । उनीहरुले पछिल्लो समय धरानमा सामाजिक सञ्जाल र युट्युबहरुमा सत्य, तथ्यभन्दा पनि भ्रमपुर्ण कुराहरु आउने गरेको पनि बताए ।
पत्रकार महासंघको प्रभातफेरि पछि अनलाइन मिडिया एशोसिएशनको पनि आयोजनामा प्रभातफेरि भएको थियो । उक्त प्रभातफेरिमा पनि उपमेयर बेघा, वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा २ का अध्यक्ष रमेश राईको पनि सहभागिता रहेको थियो । भानुचोकमा आयोजित कोणसभालाई उपमेयर बेघा, वडा १५ का अध्यक्षहरु इवारम, वडा २ का अध्यक्ष राई, पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौलाले पनि सम्बोधन गरेका थिए ।