धरान: नेपाल तरुण दल केन्द्रीय समितिको भवन बनाउन धरानका प्रेमकुमार मुकारुङ राईले २ लाख रुपैया सहयोग गरेका छन् । 

नेपाली काँग्रेसको भातृ सङ्गठनसमेत रहेको तरुण दलको कार्यालय भवन बनाउने अभियान सुरु भएसँगै राईले उक्त सहयोग गरेका हुन् । तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका राईले सहयोग हस्तान्तरण गर्दै भने–‘आफ्नै पहलमा तरुण दलले भवन बनाउने निर्णय गरेकोले निर्णयलाई कार्यान्वयन गर्न सहयोग गरेको हुँ ।’ 

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले माऊपार्टी सत्तामा रहदा पनि आफ्नै बलबुतामा कार्यालय भवन बनाउने निर्णय गरिएको बताए । गुरुङले भने–‘यो अभियानले तरुणहरुलाई जागरुक बनाउनेछ । तरुणहलाई जागरुक बनाउन आफुले अध्यक्ष गुरुङको अभियानलाई साथ दिएको राईले बताए । उनले भने–‘कमाईको केही अंश अभियानमा लगानी गर्ने मौका पाएँ ।’

नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको तयराीमा रहेका राई धरानमा बसेर काँग्रेसको राजनीतिमा सक्रिय छन् ।  राई गएको २०७९ को निर्वाचनमा कार्यपालिका सदस्यमा पनि उम्मेद्वार थिए । त्यसबेला काँग्रेस १३ मतले पछाडी हुँदा पनि कार्यपालिका निर्वाचनमा एक मतले मात्र पराजित भएका थिए ।

राईकै पहलमा वीर गोर्खालीहरुको बारेमा कलम चलाउने पत्रकारहरुकोलागि ‘वीर गोर्खा पत्रकारिता पुरस्कार’ र ‘वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । राईले आगामी निर्वाचनमा नेपाली काँग्रेसबाट धरान उपमहानगरपालिकोलागि मेयरको उम्मेदवारमा दाबी गर्ने चर्चा पनि छ ।