धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । 

सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभाले मत दिएका थिए । कार्की संविधानको धारा १६८(५) अन्र्तगत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्री कार्कीको नियुक्तीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कर्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश भने दिएन । उनको रिटको पेशी जेठ ९ मा तोकिएको छ । मुद्दा विचाराधिन भएकै बेला विश्वासको मत लिनु उचित नभएको कांग्रेसको भनाई थियो ।