धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।
पार्टीको धरान उपमहानगर समितिको आयोजना र जिल्ला समितिको संयोजनमा सोमबार भानुचोकमा रक्तदान कार्यक्रम भएको हो । उक्त रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको रास्वपा धरानका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रमको संयोजन अरमान अली रहेका थिए ।
रक्तदान कार्यक्रममा पार्टीका प्रदेश उपसभापति सरिन तामाङ, कार्यबाहक महामन्त्री तथा प्रवक्ता कमलबाबु मैनाली, जिल्ला सभापति जीवनकुमार श्रेष्ठ पनि अतिथिकोरुपमा उपस्थित थिए ।
यसअघि पार्टीको स्थापना दिवसकै अवसरमा असार १ गते धरानको विभिन्न ५ ठाउँमा सरसफाई कार्यक्रम पनि भएको थियो । असार ८ गते वडा नं १५ को अधिवेशन गर्ने र यो महिना अन्य समसामयिक अन्तरक्रिया कार्यक्रम पनि गर्ने योजना रहेको रास्वपा धरानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।