धरान: खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीरहेका धरान वडा नं १४ स्थित बेलडाँडाका उपभोक्ताहरुलाई उपमेयर कोषबाट पाइप सहयोग भएको छ ।उपभोक्ता समितिले धरान १४ वडा कार्यालयमार्फत माग गरेवमोजिम पाइप उपमेयर कोषबाट उपमेयर अइन्द्रबिक्रम बेघाले उपलब्ध गराएका हुन् । उक्त पाइप सोमबार उपमेयर बेघाले उपभोक्ता ...
धरान: धरानको मुख्य बजार क्षेत्रको सवारी आवागमनलाई सहज बनाउन तथा दुर्घटना न्युनीकरण गर्न भानुचोकदेखि पश्चिम पुतलीलाइन सडकलाई पनि वान वे (एकतर्फी) गरिने भएको छ ।सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरान उपमहानगरपालिकाले अतिब्यस्त र सवारी चाप हुने धरान ९ स्थित यो सडकलाई पनि वान वे गर्ने तयारी गरेको ...
धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडकखण्डको डिभाइडरमा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ ।धरान मुस्लिम एकता समाजको अगुवाईमा आज (सोमबार) बिहानै एक सय वटा विरुवा रोपिएको हो । मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रम भएको थियो । धरान प्रवेश गर्ने कोशी राजमार् ...
धरान: बाझोगरा ९ ‘क‘ तथा घोपा ७ ‘घ‘ र ‘ङ‘ जग्गा रोक्का तथा फुकुवा पहल समितिले सर्दु जलाधार क्षेत्रको सिमांकन गरेर संरक्षण गर्न र रोक्का भएको घरजग्गा फुकुवा गर्न माग राख्र्दै धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।पहल समितिका सयोजक हरि बहादुर कार्कीको नेतृत्वमा आज आइतबार मेयर हर्क साम्पाङल ...
धरान: इटहरीमा हिजो शुक्रबार भएको दुर्घटनामा धरान ११ की ४१ बर्षीया दुर्गाकुमारी राईको निधन भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार पौने २ बजे रामधुनी ननगरपालिका ७ ईचौलस्थित चतरा कान्छी चोक पक्की सडक खण्डमा विपरीत दिशाबाट आएको स्कुटर एकापसमा जुध्दा गम्भीर घाइते भएकी ...
धरान: चाड पर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय धरानले आन्तरिक बैठक गरेको छ । नजिकिदै गरेको दशैं, तिहार र छठ जस्ता महत्वपुर्ण चाडपर्वहरुलाई लक्षित गरेर धरान प्रहरीले सुरक्षा योजनाबारे बैठक गरेको हो । उक्त बैठकमा धरान प्रहरी प्रमुख डिएसपी नवराज मल्लले भरपर ...
धरान: असोज १ गते प्रत्येक बर्ष विश्वकर्माको बिशेष पूजा आराधारा हुने गर्छ । कलकारखानाहरुमा औजार तथा मेशिनहरुको बिशेष पूजा आराधाना गरिन्छ भने आफ्ना सवारीसाधनहरुको पनि पूजा गरिन्छ । विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धा ...
धरान: धरानको वडा नं १६ मा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।प्रहरीका अनुसार हिजो भएको घटनामा घाइते हुनेमा उद्देश्य सुब्बा र कृष्ण डंगोल रहेका छन् । खुट्टामा चोट लागेका उद्देश्य उपचार पश्चात हिजो राती नै डिस्चार्ज भइसकेका छन् भने कृष्णको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक् ...
धरान: चार दिनअघि धरान १५ खोरिया बस्ती र धौगागिरी टोल (सुर्य मार्ग) का युवाहरुबीच काटाकाट भएको घटनामा स्थानीय तीन वटा टोल विकास संस्थाहरुको संयुक्त बैठक बसेको छ ।उपमेयर अइन्द्रबिक्रम बेघा, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप कार्कीसहितको उपस्थितिमा खोरिया बस्ती टोल विकास संस्था, सुसन रोड टो ...
धरान: ग्याङ फाइटपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा ढुंगामुढा भएको घटनामा दुवै पक्षले प्रहरीमा जाहेरी दिएको छ ।घटनामा गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईकी आमा विमा राईले २५ बर्षीय विष्णु बेघासहित ५ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । बिष्णु धरानका उपमेयर अइन्द्रबिक्रम बेघा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित