धरान: धरानमा लागुऔषध कुलतको कारणले आपराधिक घट्नाहरु धेरै हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको विदाई कार्यक्रममा डिएसपी न्यौपानेले यस्तो बताएका हुन् । विदाई कार्यक्रममा बोल्दै उनले भने,‘धरानको मुख्य चुनौती भनेको नै लागुऔषध दुव्र्यसनी नै हो, जसको कारणले धरानमा आपराधिक गतिविधी हुने गरेको छ ।’ डिएपी न्यौपानेले आफ्नो कार्यकाल अवधिभरी पेस्तोलसहित लागुऔषधको कारोवारीलाई पक्राउ गरिएको वताउँदै धरानमा अझै पनि चुनौती रहेको बताए । तथापी, शान्ति सुरक्षामा धेरै सुधार आएको उनको भनाई थियो । लागुऔषध दुव्र्यसनकै कारण छुरा प्रहारका घट्नाहरु पनि हुने गरेको उनको भनाई छ ।
आफु पहिलो पटक आउँदा धरानमा गुण्डागर्दी मुख्य चुनौती रहेको भनिए पनि अहिले त्यस्ता खाले गुण्डागर्दी नभएको पनि उनले बताए । उनले भने,‘मैले चाहिँ गुण्डागर्दी पाइन, यहाँ सामुहिक गुण्डागर्दी छैन तर आउनेहरुले कसरी लिने भन्ने कुरामा भर पर्छ ।’ आफु कार्यरत रहँदा यहाँका धराने जनता, राजनीतिक पाटी, संघसंस्था लगायतबाट धरानको शान्ति सुरक्षा कायम गर्नको लागि साथ र सहयोग मिलेको भन्दै डिएसपी न्यौपानेले धन्यवाद समेत दिए ।
विदाई कार्यक्रममा नेकपा धरान उपमहानगरका अध्यक्ष नारायण सुवेदीले धरानको शान्ति सुरक्षा कायम गर्नको लगि उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा सफल कार्यकालको शुभकामना दिए । पत्रकार देवन्द्र कार्कीले पत्रकार र प्रहरी वीचको संवन्ध डिएसपीको कार्यकालभरी प्रंशसनीय भएको र पत्रकारलाई सुचना प्रवाह गर्नको लागि सहयोग गरेको वताए । उनले भने,‘सन्चार माध्यममा पत्रकारको लागि सुचना प्रवाह गर्नको लािग २४ सेै घण्टा सहयोग गरेको र इमेलको माध्यमबाट पनि सुचना प्रवाह हुन थालेको छ, जस्ले पत्रकारलाई झनै सजिलो हुन थालेको छ ।’
त्यसैगरि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय सदस्य लक्ष्मी वाँनियाले यातायात मजदुरलाई परेको कठिनाई र समस्यामा जहिले पनि डिएसपी न्यौपानेले खुल्ला हृदयले सहयोग गरेको भन्दै धन्यवाद दिए । डिएसपी विदाई कार्यक्रममा आयोजन मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले समग्र धरान र विशेषतः यातायात क्षेत्रका मजदुर प्रति साथ र सहयोग गरेको भन्दै आगामी दिनमा पनि जहाँ रहेर भएपनि मजदुर प्रति साथ र सहयोग मिल्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेकपा धरानका सदस्य राजमणि निरौला, पारस काङमाङ राई,पत्रकार विकास चाम्लिङ राई, शिशिर राई लगायत यातायात मजदुर नेताको उपस्थिती रहेको थियो । डिएसपी न्यौपाने धरानबाट विदाई भएर काठमाण्डौ जाँदैछन् भने डिएसपी ज्ञानेन्द्र वस्नेत आउँदैछन् ।