धरान: अखिल नेपाल महिला संघ धरानको नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

आज धरानमा सम्पन्न भएको संघको वृहत भेलाले महिला नेतृ लहरु जिमी संयोजक रहेको ९५ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी सर्वसम्मत गठन गरेको हो । कमिटीको सहसंयोजकमा कल्पना शेर्पा रहेकी छिन् भने सचिवमा सविता राई र सहसचिवमा इन्द्रकला राई रहेकी छिन् । यसैगरि, कोषाध्यक्षमा झरना सुनुवार चुनिएकी छिन् ।

कमिटी गठनको घोषणा नेकपा केन्द्रीय सदस्य तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरेकी थिइन् भने सपथ पनि खुवाएकी थिइन् । यस्तै, पुर्वसांसद एवं कवियित्री कुन्ता शर्माले टिका लगाएर शुभकामना दिएकी थिइन् । कमिटीले आगामी ६ महिनाभित्र नगर अधिवेशन गर्ने जनाएको छ । 

nekapa1