धरान: जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीले आफ्नो नाम अनुसार नै संसदमाथि तरवार(खड्ग) प्रहार गरेर लोकतन्त्रमाथि धावा बोलेको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्ध जसपाले आज धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीको पुरा नाम खड्ग प्रसाद शर्मा ओली भएको उल्लेख गर्दै संसदमाथि खड्ग अर्थात तरबार प्रहार गरेको बताए । ‘खड्ग भनेको तरबार हो, त्यसको काम काट्ने हुन्छ,’नेता राईले भने,‘यसपाली आफ्नो नाम अनुसारकै संसद सिध्याउने काम गर्नुभयो । संसदमाथि खड्ग प्रहार गरियो ।’

नेता राईले कोभिडको महामारीबाट पीडित जनतालाई उपचारको व्यवस्था गर्नुपर्नेमा चुनावतिर लागेको भन्दै कटाक्ष पनि गरे । उनले भने,‘जनतालाई उपचारको व्यवस्था गर्नुपथ्र्यो, उपकरणको व्यवस्था गर्नुपथ्र्यो, भ्याक्सिनको व्यवस्था गर्नुपथ्र्यो तर सरकार काम कुरा एकातिर, कुम्लो बोकी चुनावतिरको अवस्थामा छ ।’

samajbadi5

उनले शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था अस्तब्यस्त भएपनि प्रधानमन्त्री ओली एक्लै चुनावी भाषण गर्दै हिडिरहेको बताए । ‘लोकतन्त्रमाथि धावा बोलेर, संविधान मिचेर अहिले फेरि दुई तिहाई भोट चाहियो रे,’उनले भने,‘के को लागि फेरि चाहियो दुई तिहाई ? ओम्नी काण्डको लागि ? प्रिन्टिङ प्रेसमा ७० करोड कमिशनको लागि ?’ नेता राईले अहिलेको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था नै नभएको दाबी गरे । विगतमा बहुमत पाएको प्रधानमन्त्रीले नै संसद भंग गर्ने गरेको कारण २०७२ सालको संविधानमा त्यो प्रावधान हटाएको उनको जिकिर थियो ।

parsuram-khapung

सोही सभालाई सम्बोधन गर्दे केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम खापुङले संविधान अपुरो भएपनि उपलब्धी जोगाउदै विधिसम्मतरुपमा संशोधन गर्नुपर्ने जसपाको धारणा रहेको बताए । ओलीको कदमले संविधान कागजको खोस्टामा परिणत हुने भन्दै उनले आन्दोलन गरेर संविधान र मुलुकलाई जोगाउने बताए । अर्का केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्प एकै प्रवृत्तिको भएको टिप्पणी गरे । अर्का नेता रकम चेम्जोङले देशीविदेशी प्रतिक्रियावादीहरुको उक्साहटमा लागेर देशलाई अन्धकारमा धकेलेको आरोप लगाए ।

भिडियो:

samajbadi6 rakam-chemjong