इटहरीः नेकपा प्रचण्ड-माधव समुहका युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विभाजन र आन्दोलन कुनै पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज रहेको बताएका छन् ।

आज इटहरीमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफुहरुको आन्दोलन सत्ता प्राप्तीका लागि मात्र गरेको भन्दै ओली पक्षले गलत हल्ला फिजाएको जिकिर गरे र्। हामीले लामो सँघर्ष र बलिदानीबाट प्राप्त गरेको व्यवस्था नै नै नरहने अवस्था भएपछि आन्दोलन गर्नुपर्ने भयो । तर, अर्को पक्षले कुर्सी पाउन भनेर हल्ला फिँजायो, हाम्रो आन्दोलन त्यस्तो होइन,’उनले भने ।

yogesh

प्रचण्ड माधव पक्षको अन्दोलन परिचालन समितिका सहसंयोजकसमेत रहेका भट्टराईले राजनीतिमा उमेर हद र कार्यकारीको सीमा अवधि पनि तोक्नुपर्ने धारणा राखे । उनले ७० वर्षपछि राजनीति गर्न नपाउने र दुई पटक भन्दा बढी कार्यकारी हुन नपाइने व्यवस्था हुनुपर्ने अडान राखे र्। प्रधानन्याधिश, न्यायाधिशहरुको पनि उमेरको सिमा हुन्छ । एक व्यक्ति दुई भन्दा बढी कार्यकारी बस्न नमिल्ने पनि बनाउनुपर्छ,’उनले भने । सुर्य चिन्ह कसैले दाबी गरेर नआउने भन्दै उनले ऐनको आधारमा फैसला हुने बताए ।