धरान: नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ ।
आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । प्रशिक्षणमा संघको उपमहानगर कमिटीका ९५ जना सदस्यहरु सहभागी भएको अध्यक्ष जिमीले जानकारी दिइन् । संघको कमिटी गत पुष २४ गते गठन भएको थियो ।
संघका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ सुनसरी जिल्ला इञ्चार्ज लक्ष्मी गौतम र नेकपा केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रशिक्षण दिएका थिए । गौतमले अनेमसंघको इतिहास, महिला आन्दोलन, संगठनको संरचना र विस्तारबारे प्रशिक्षण दिएकी थिइन् भने सुवेदीले नेकपाका कार्यकर्ताहरुलाई आर्थिक विकासको पाटोमा जोडदिएका थिए ।
यसैगरि, प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मोतिराज सुनुवारले पनि प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । नेतृ गौतमले संघको धरान उपमहानगर कमिटीलाई वैठक बसेर वडा इञ्चार्ज, सहइञ्चार्ज तोक्ने निर्देशन पनि दिएकी सचिव सविता राईले जानकारी दिइन् । यसैगरि, वडा कमिटी गठन गर्ने, सदस्य वितरण र नवीकरण गर्ने निर्देशन पनि गौतमले दिएको सचिव राईले बताइन् ।