धरान: गाडीको सिसा फोडेको आरोपमा प्रचण्ड नेपाल समुहको राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक पक्राउ परेका छन् ।
केहीबेरअघि पानीको गाडीको सिसा फोडेको आरोपमा प्रहरीले संघको सहसंयोजक विजय तामांगलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पानीको गाडीको सिसा फोडेपछि पक्राउ गरिएको बताए । आज प्रचण्ड माधव समुहले आमहड्ताल गरेको छ । हड्तालमा पानी, दुध,एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई अवरोध नगर्ने जनाएको थियो ।
प्रहरीले पानीको गाडीको सिसा फोडेको बताए पनि बन्दकर्ताले भने बन्द उल्लंघन गर्ने ट्रिपरलाई रोक्ने क्रममा प्रहरीसँग सामान्य घम्साघम्सी मात्र हुँदा तामांग पक्राउ परेको जनाएको छ । ट्रिपरलाई भिडबाट कसैले लाठी प्रहार गरेको भएपनि तामांगले भने नगरेको आन्दोलन परिचालन समितिका सहसंयोजक चोत्लुङले बताए । उनले क्लिकधरानसँग टेलिफोन सम्पर्कमा उनले भने,‘राष्ट्रिय युवा संघका सहसंयोजक विजय तामांगलाई पक्राउ गरेको घटनाको भन्र्सना गछौं, र तत्काल रिहा गर्न पनि माग गछौं ।’ बन्द उल्लंघन गर्ने क्रममा गाडीलाई रोकेको तर भिडबाट कस्ले गाडीलाई प्रहार गरेको थाह नभएको उनले बताए ।