धरान: आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड माधव समुहको कार्यकता र मजदुरहरुबीच धरानको भानुचोकमा झडप भएको छ ।

आज बिहान करिब साढे ७ बजेतिर भानुचोकमा सामान्य झडप भएको हो । बन्दकर्ताले टेम्पो रोकेर लात्ताले हानेपछि भानुचोकमा उपस्थित मजदुरहरु आक्रोशित भएका थिए । प्रहरी त्यही भएकोले तत्काल छुट्याएको कारण त्यसबेला झडप हुन पाएन । तर, बन्दकर्ताहरुले लगत्तै टायर बाल्न खोजेपछि मजदुरहरुले खोसेर फालिदिएका थिए । त्यसपछि भने टायर तानातान गर्ने क्रममा दुवै पक्षबीच सामान्य झडप भएको थियो । 

banda1

प्रत्यक्षदर्शीका अनुसार दुवै तर्फ सामान्य घाइते भएका छन् । बन्दको कारण गाडी नचल्दा रोजीरोटी खोसिएको भन्दै ठुलो संख्यामा भानुचोकमा मजदुरहरु उपस्थित छन् । बन्दकर्ताहरु लाठीसहित छन् । सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति छ । प्रहरी निरीक्षक हेमराज ओलीले बन्दकर्ताहरुले टायर बाल्न खोज्दा सामान्य विवाद भएपनि प्रहरीले छुट्याइहालेको कारण झडप नभएको बताए । नेकपा प्रचण्ड माधव समुहको आन्दोलन परिचालन समितिका सहसंयोजक चोत्लुङले टायर बाल्न नदिदा प्रहरीसंग मात्र सामान्य समस्या भएको बताए ।

banda