विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सत्तारुढ दलबाटै बहुमतको सरकार ढालेर मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास गरेको बताएका छन् ।
प्रदेश सरकार स्थपनाको तीन बर्ष पुरा भएको अवसरमा सोमबार विराटनगरमा प्रदेश सरकारको तीन बर्षको उपलब्धीहरु सार्वजनिक गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यो कुरा बताएका हुन् । बहुमतको सरकार ढालेर प्रधनमन्त्री, राष्ट्रध्यक्ष, प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरु अपदस्त गरेर विगतको झैं ६ महिने, ९ महिने, १५ महिने सरकार बनाउने फोहोरी खेलमा मुलुकलाई लैजाने प्रयत्न भएको राईले बताए ।
‘एक्कासी सत्तारुढ दल भित्रैबाट मलुकलाई अस्थिरतातर्फ, अराजकता तर्फ अर्थात मुर्त रुपमा भन्दा दुइतिहाई बहुमत को सरकारलाई ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर पुनः बिगतको झै ६ महिने, ९ महिने, १५ महिने, १८ महिने सरकार बनाउने, ढाल्ने फोहोरी खेलमा लैजाने प्रयास कदम, जर्बजस्त भएपछि प्रम ज्यूको लोकतान्त्रिक कदमबाट मुलुक ताजा जनादेशमा गएको छ,’मुख्यमन्त्री राईले भने,‘ फेरि बलियोे, स्थिरता, शान्ति, सुशासनका साथ बिकास र समृदिका लागी जनताले आफ्नो फैसला अर्थात अभिमत प्रकट गर्नुपर्ने बिशेष समय र परिस्थिती आएको छ ।’
मुख्यमन्त्री राईले प्रदेशमा समेत अस्थिरता र अराजकता सृर्जना गर्ने, जनताको विश्वास र उत्साहलाई निस्तेज बनाउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत उद्देश्यका साथ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको बताए । उनले लोकतान्त्रिक मुलुक र संसदीय अभ्यासमा त्यसअन्र्गत सामेल हुने दल र त्यसको विधान नै प्रमुख हुने पनि बताएका छन् । ‘संसदीय अभ्यास, दलीय ब्यवस्था र प्रणाली र स्थापित र प्रचलित मुल्यमान्यता, बिधी बिधान बिपरीत गएर गलत अभ्यास र नजीरहरु स्थापीत नहुन भन्ने कुराको राम्ररी हेक्का राखेर उठेका कानुनी र बैधानिक प्रश्नहरुको निरुपण गर्दै प्रदेशमा उत्पन्न अन्यौलको चाडै अन्त्य गर्नुपर्ने भएको छ,’मुख्यमन्त्री राईले भने ।
मुख्यमन्त्री राईले प्रदेश राजधानी सर्वसम्मत तोकिएको स्मरण गर्दै प्रदेशको नामांकन गर्न सकेन भन्ने कुराको दोषारोपण गर्नुको तुक नभएको बताएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा नै नामांकनको बिषय थाती रहेको भन्दै कोभिडको कारण यो बिषयमा प्रवेश गर्न नपाएको बताए । उनले यो बिषयमा प्रवेश गरेर छिट्टै टुंग्याउन सहजीकरण गर्ने पनि बताएका छन् ।
वितेका तीन बर्षमा प्राप्त भएको उपलब्धीहरु वस्तुनिष्ट ढंगले समिक्षा गरेको भन्दै मुख्यमन्त्री राईले कमजोरीहरु मसिनो गरि पत्ता लगाएर केलाइएको पनि बताएका छन् । आगामी दिनका सोही जगमा उभिएर सरकारले काम गर्ने उल्लेख गर्दै आउने दिन र बर्षहरु उपलब्धी र परिणाम प्राप्तीको बर्षहरु मात्रै हुने पनि जिकिर गरेका छन् । ‘आगामी दिनमा हामी नयाँ भिजन, रणनीतिक कार्य योजना तथा कार्यक्रमका साथ सबैको साथ लिँदै अगाडि बढ्ने छौं,’राईले भने ।
वितेका तीन बर्षमा प्राप्त भएको उपलब्ध्ीहरु वस्तुनिष्ट ढंगले समिक्षा गरेको भन्दै मुख्यमन्त्री राईले कमजोरीहरु मसिनो गरि पत्ता लगाएर केलाइएको पनि बताएका छन् । आगामी दिनका सोही जगमा उभिएर सरकारले काम गर्ने उल्लेख गर्दै आउने दिन र बर्षहरु उपलब्धी र परिणाम प्राप्तीको बर्षहरु मात्रै हुने पनि जिकिर गरेका छन् । ‘आगामी दिनमा हामी नयाँ भिजन, रणनीतिक कार्य योजना तथा कार्यक्रमका साथ सबैको साथ लिँदै अगाडि बढ्ने छौं,’राईले भने ।