धरान: प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रर्दशन गर्ने क्रममा नेपाली कांग्रेसले धरानमा पनि विरोधसभा आयोजना गदैछ ।
विरोध सभाअघि धरानको छाताचोकबाट वृहतरुपम विरोध र्याली निस्किएको थियो । छाताचोकबाट शुरु भएको विरोध र्याली भानुचोक, माछाभौडी हुदै सिंहदेवी चेकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला, पुर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।