विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको समाना गर्न सरकार तयार गरेको बताएका छन् ।
आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोतिज समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावबाट सरकार भाग्न खोजेको, तर्किन र पन्छिन खोजेको नभै केही वैधानिक प्रश्नहरु मात्र उठाएको बताए । आफुहरु प्रणाली स्थापित गर्न आएको भन्दै मुख्यमन्त्री राईले संविधान, कानुन, नियम र विधिविधान मिच्ने कुरासँग सम्झौता नगर्ने पनि प्रष्ट पारे ।
‘बिधीसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ । सरकार भाग्न खोजेको छैन, तर्किन पन्छिन खोजेको छैन तर हामीले केही बैधानिक प्रश्नहरु उठाएका छौं,’मुख्यमन्त्री राईले भने,‘ती हाम्रा पद र कार्यकालसंग सम्बन्धित छैनन नितान्त, संबिधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय बैधानिक ब्यवस्थाहरु संग सम्बन्धित छन । तीनमा हामी लचिलो हुन सक्दैनौं । किनभने हामी प्रणाली स्थापित गर्न आएका हौं । संबिधान कानुन नियम र बिधी बिधान मिच्ने कुरा संग हाम्रो सम्झौता हुन सक्दैन ।’
मुख्यमन्त्री राईले प्रदेशमा पनि अस्थिरता र अराजकता सृर्जना गर्न संघीयताको मुटूकोरुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने, विकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने उद्देश्यका साथ अविश्वासको प्रस्ताव आएको पनि दाबी गरे । संसदीय अभ्यास, दलीय व्यवस्था, स्थापित प्रणाली र प्रचलित मुल्यमन्यता, विधि विधान विपरीत गएर गलत अभ्यास र नजिरहरु स्थापित हुन नदिन उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्दै प्रदेशमा उत्पन्न भएको अन्योल चार्ड अन्त्य गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
‘दुनियाँका लोकतान्त्रिक मुलुकहरुको संसदीय अभ्यासमा, हाम्रो संसदीय अभ्यासमा त्यसअन्तर्गतको मुल्य मान्यता दलीय व्यवस्था र प्रणालीमा दल र त्यसका विधानहरु नै प्रमुख हुने गर्दछन्,’मुख्यमन्त्री राईले भने,‘दलीय व्यवस्थामा दलका सदस्यहरु लगाम बाहिर हुदैनन्, स्वतन्त्र हुलदैनन्, यो सर्वभौम सत्य कुरा हो ।’
जहाँनिया राणा शासन अन्त्यको लागि ज्यान वलिदान दिने शहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै मुख्यमन्त्री राईले ती शहिदहरुको सपना पुरा गर्ने प्रतिवद्धासमेत जनाए । तनि बर्षअघि गडठन भएको प्रदेश सरकार शहिदहरुले देखेको अधुरा सपना साकार पार्न क्रियाशिल रहेको पनि उनले बताए । पहिलो पटक संघीय प्रणालीको अभ्यास गर्दै अनुभव र प्रयोग गर्दा शुरुका दिनहरु कठिन भएको मुख्यमन्त्री राईले स्मरण गरे।
‘पहिलो अनुभव, प्रयोग र अभ्यासका साथ शुन्यबाट काम थालेर कानुनी संरचना तयार गर्नु, प्रशासनिक संरचना, जनशक्तिको बन्दोबस्त गर्नु र जनताका असिमित चाहनाहरुलाई सम्बोधन एकैसाथ गर्दै जानु सजिलो थिएन,’राईले भने,‘तर हामी व्यवस्थित सोचबाट जिम्मेवारीमा आएका थियौं, सबै खाले चुनौती अफ्ठ्यारा र असहजताहरुलाई सहज ढंगबाट केलाउदै अगाडि बढीरहेका छौं ।’