धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् ।
मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले दबाब र धम्की दिएको भन्दै आक्रोश पोखेका हुन् । उनले आफ्ना कार्यकर्ताहरुलाई त्यसरी दुःख दिने प्रहरीलाई नछोड्ने चेतावनी पनि दिए ।
प्रहरीले कम्युनिष्ट पार्टीमा लाग्न दबाब दिइरहेको भन्दै देउवाले जनताले तिरेको करबट तलब खाने प्रहरीले त्यसरी दबाब दिन नमिल्नेब ताए । उनले भने,‘प्रहरीले कम्युनिष्ट पार्टीमा लाग भनेर हाम्रो साथीहरुलाई अनावश्यक धम्की दिइरहेको छ, पुलिसले कुनै पार्टीको काम गर्न पाइन्छ ? जनताले तिरेको करको तलब खान्छन् । कुनै पार्टीले दिएको तलब खाएको होइन । हाम्रो साथीभाईलाई अनावश्यक दुःख दिनेलाई छोड्दैनौं ।’ उनले आफ्नो कार्यकर्ताहरुलाई पनि कुनै गल्ती नगर्न सचेतसमेत गराएका थिए ।