धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले नयाँ बर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । 

आज एक सन्देश जारी गर्दै सभामुख भण्डारीले बितेको बर्षको अनुभवबाट शिक्षा लिदै शान्ति, सद्भाव र सहिष्णुता कायम गरी नेपाली बिचको एकतालाई अझ सुदृढ गर्दै अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । साथै उनले आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्ने साझा अभियानमा थप जोश जाँगर, उत्साह, उमंगका साथ लाग्ने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । 

नयाँ बर्षले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै देशको स्थायित्व, विकास र समृद्धिको लागि समृद्ध नेपाल सुखि नेपालीको साझा लक्ष्य प्राप्ति गर्न राजनितिक एवंम् सामाजिक एकता, सद्भाव तथा सहकार्यलाई मजबुत बनाउदै निरन्तर क्रियाशील रहन थप उर्जा प्रदान गर्ने विश्वास पनि सभामुख भण्डारीले व्यक्त गरेका छन् । पुनः कोरोना संक्रमण देखिन थालेको भन्दै उनले महामारीको रोगथाम तथा नियन्त्रका लागि एकजुट भई अगाडी बढ्न पनि सबैलाई आग्रह गरेका छन् । pradep