धरान: किराती सस्कृतिहरुको गलत प्रयोग नगरिदिन किरात राई साँस्कृतिक कलाकार संघले आग्रह गरेको छ ।
किरात राई साँस्कृतिक कलाकार संघले मंग्लबार पत्रकार सम्मेलन गर्दै किराती सस्कृतिहरुको गलत प्रयोग भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै, त्यसविरुद्ध सचेतना अभियान पनि शुरु गर्ने संघले जानकारी दिएको छ । संघले यो अभियान गतवर्ष काठमार्डौबाट सुरु गरेको थियो ।
यस पटक सुनसरीसहित प्रदेश न १ का सबै जिल्लाहरुमा अभियान सञ्चालन गर्ने कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताए । कलाकार सघले नजिकै आइरहेको साकेला उभौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको पनि उनको भनाई थियो । आगामी जेष्ठ १० गते सुरु हुने साकेला शिली कार्यक्रमबाट सचेतना अभियान सुरु गर्ने उनले बताए । ‘सुनसरी जिल्लाभरी आयोजना हुने साकेला कार्यक्रमहरुमा पुगेर सचेतना जगाउने र्छौ, गलत प्रयोग भएको पाइयो भने सम्झाउर्छौ, बुझाउछौं, अध्यक्ष राईले भने ।
किराती सस्कार सस्कृति प्रयोगमा एकरुपता ल्याउन अभियान सञ्चालन गर्नु परेको अध्यक्ष राईले बताए । ‘किराती सस्कार अनुसार चिण्डो, फेटा लगायतको प्रयोग मुन्धुमी मान्यता, व्याख्या र दर्शनको आधारमा हुनुपर्छ,‘ उनले भने ‘हामीमा यसको गलत प्रयोग भइरहेको पाएका र्छौ, यसले हामीमा विचलन ल्याइरहेको छ, यसको तत्कालै सच्याउनु पर्छ भनेर अभियान सञ्चालन गरेका र्हौ ।‘
किराती शुद्धताको प्रतिक पवित्र चिण्डो ९वावु०लाई प्रयोग गर्दा खाली भुइमा राख्न नहुने, टेक्न नहुने, अपमान गर्न नहुने उनले बताए । ‘प्रवित्र चिण्डोको प्रतिकलाई कतिपयले साडीको पारीमा प्रयोग गरेको भेटियो, यसले प्रवित्र चिण्डोको अपमान हुन्छ‘ उनले भने ‘चिण्डोको प्रतिक पोशाकमा कम्मरदेखी माथी मात्रै राख्नुपर्छ ।‘
किराती भेषभुषा, फेटा, ढोल झ्याम्टा, चिण्डो लगायतको प्रयोग बारेमा सचेतना गराउने सघले जनाएको छ । मौलिक बाजागाजा विभिन्न राजनीतिक दलहरुको कार्यक्रममा प्रयोग भइरहेको भन्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिल समेत गरे । साकेला उधौली र उभौलीमा मौलिक भेषभुषा, साँस्कृतिक बाजागाजा, पगरी (फेटा), साकेला शिली, गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मुर्त र अमूर्त सस्कृतिहरुको गलत प्रयोग भइरहेको उनको भनाई थियो ।