धरान: नेकपा एमाले धरानको जेठ २ अघिको कमिटीको नगर अधिवेशनले नेतृत्व चयन गरेको छ । धरान १५ स्थित होटल इजी राइडरमा जारी बन्द सत्रले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राजमणी निरौला चयन गरेको छ । यस्तै, सचिवमा पारस काङमाङ चयन भएका छन् भने ...
धरान: नेकपा एमाले धरानको संस्थापन पक्षको अधिवेशनस्थलमा युवाहरुले कुर्सी तोडफोड गरेका छन् भने केही समय मुलगेट बन्द गरेर नेताहरुलाई बाहिरिनबाट रोकेका थिए । धरान १० स्थित सैनिक भवनमा जारी अधिवेशनको उद्घाटन सत्र सकेपछि नेताहरुले बन्दसत्र स्थगित गर्न खोजेको भन्दै युवाहरु आक्रोशित भएका थिए । उनीहरुले ...
धरान: नेकपा एमाले धरानको नगर अधिवेशन दुई तिर भएको छ । उपमहानगर कमिटीमा दुई पक्षको विवाद मिलाउन प्रदेश र जिल्ला तहका नेताहरुले छलफल गरेपनि नमिले पछि दुई तिर अधिवेशन भएको हो । पार्टी अध्यक्ष केपी ओली पक्ष(संस्थापन)को अधिवेशन धरान १० स्थित सैनिक भवनमा भइरहेको छ भने जेठ २ अघिको कमिटी पक्षको अ ...
धरान: नेकपा एमाले धरानको विवाद मिलाउन दुवै समुहका नेताहरुबीच भएको वार्तामा सहमति जुटाउन असफल भएको छ । वार्तामा सहमति हुन नसकेपछि एमाले धरानको अधिवेशन दुवै समुहको दुई तिर हुने निश्चित भएको छ । वार्तामा सहभागी एमाले प्रदेश कमिटीका सदस्य डम्बर गुरुङले वार्तामा कुरा नमिलेको कारण दुवै तिर आ आफ्नो तर ...
धरान: नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भच्र्युअलरुपमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशभर एमालेमा पालिका अधिवेशनको उत्साह छाइरहदा धरानमा भने नेता, कार्यकर्ताहरुमा अपेक्षाकृत उमंग छैन । एमाले धरानका नेताहरु दुई समुहमा विभाजित भएर अधिवेशन ...
धरान: नेकपा एमाले धरानको दुई समुहबीचको विवाद मिलेको छैन । प्रदेश र जिल्लाका नेताहरु विवाद समाधान गरेर एकै ठाउँमा नगर अधिवेशन आयोजना गर्न कस्सिएका छन् । यद्यपी सहमति भइसकेको छैन । विवादकै बीचमा संस्थापन पक्षले भने मंगलबार धरान १० स्थित सैनिक भवनमा अधिवेशन उद्घाटनको तयारी तीब्र पारेको छ । देशभरको ...
धरान: अधिवेशनको संघारमा पनि नेकपा एमाले धरानको विवाद साम्य नभएपछि प्रदेश र जिल्ला तहका नेताहरु वार्तामा बसेका छन् । सोमबार दिउँसो करिब ४ घण्टा होटल सन्ध्या इनमा भएको वार्ता निष्कर्षमा पुग्न भने सकेन । यद्यपी, दुवै पक्षका नेताहरुले वार्ता सकरात्मक भएको र मंगलबार बिहान पुनः छलफल हुने प्रतिक्रिया ...
धरान: धरानमा नेकपा एमालेको नगर अधिवेशन २ तिर हुने तयारी भएपछि विभिन्न वडा कमिटी र शाखा कमिटीले बहिष्कार गर्ने भएको छ । धरानमा शनिबार मात्र निवार्चित भएको ९ वटा वडा कमिटी र एउटा २१ नम्बर शाखा कमिटीले पनि दुई तिर हुने नगर अधिवेशनलाई बहिष्कार गर्ने भएको छ । यसअघि वडा नं १३ र १६ का वडा कमिटी अध्यक् ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको भोली हुन लागेको नगर अधिवेशन दुई पक्षले अलग अलग २ स्थानमा गरेमा बहिष्कार गर्ने नवनिवार्चित २ वटा वडा कमिटीले चेतावनी दिएको छ । दुई दिनअघि शनिबार सम्पन्न वडा अधिवेशनबाट निवार्चित १३ र १६ नम्बर वडा कमिटीका अध्यक्षद्धय घनश्याम तिम्सिना र दिलकुमार गिरीले आज सं ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर हुनुको साटो झन् बढ्दै गएको छ । वडा अधिवेशनको क्रममा ६ वटा वडाहरुमा अलग अलग कमिटी गठन गरेर विवाद कायमै राखेका एमालेका नेताहरुले भोली हुने नगर अधिवेशन पनि अलग अलगै गर्ने तयारीमा छन् । एमालेको पालिका तहको अधिवेशन कार्तिक ९ गते देशैभर एकसाथ उद्घाट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित