विराटनगरः विराटनगरका पत्रकारले लकडाउनकाे विकल्प खाेज्न प्रदेश १ सरकारलाइ सुझाव दिएका छन् ।

बिहिवार आन्तरिक मामिला एवंम कानून मन्त्रालयमा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले गरेकाे छलफल कार्यक्रममा सहभागी भएका पत्रकारले लकडाउनले तल्लाे वर्गका व्यक्तीमा असर पुगेकाे भन्दै यसकाे विकल्प खाेज्न सुझाएका हुन् । अग्रज पत्रकार माेहन भण्डारीले गरिखाने वर्गलाइ प्रत्यक्ष असर पुगेकाे भन्दै यस अघि राहत पाएपनि अहिले थप पीडा भाेग्न बाध्य भएकाे बताए ।

उद्याेग कलकारखाना बन्द भएकाे हुँदा गरिखाने मजदुर वर्ग लकडाउनकाे खास समस्यामा रहेकाे बताए । उनले सरकारले स्वास्थ्य सजकता अपनाएर उद्याेग खाेल्न भनेपनि सरकारी दाेहाेराे नीतिले उद्याेग खुल्न नसक्दा मजदुरले राेजगारी गुमाइरहेकाे भन्दै केहि खुकुलाे बनाएर नियमन गर्दै जानु पर्ने सुझाव दिए । त्यस्तै प्रदेश पत्रकार महासँघका महासचिव विवेक गाैतमले सरकारले काेराेना राेकथामका लागि उचित कदम थाल्न नसकेकाे भन्दै सरकारकाे तयारी नपुगेकाे बताए । उनले काेभिड अस्पतालकाे व्यवस्थापन देखि सँक्रमितलाइ व्यवस्थापन गर्ने सवालमा सरकारकाे बाेलि एका तिर र काम अर्कै तिर भएकाे टिप्पणी गरे । उनले अब लकडाउन र निषेधाज्ञा बढाइरहे नागरिक भाेकले मर्ने भएकाे हुँदा सरकारले लचिलाे व्यवस्था ल्याउनु पर्ने अवस्था आएकाे बताए ।

पत्रकार महासँघ माेरङका अध्यक्ष बन्धु पाेख्रलले काेराेनाकाे हाउगुजीले त्रास मात्र फैलिरहेकाे भन्दै यसकाे मनाेवैज्ञानिक असरले अरू क्षती भइरहेकाे बताए । उनले काेभिडकाे असर भएतापनि यसकाे हल्लाले अरू नै नाेक्सानी भइरहेकाे भन्दै याे राेगकाे सहि जानकारी र सावधानी बारे जानकारी दिँदै दैनिकी सहज बनाउनेतर्फ सरकारले साेच्नुपर्ने बताए । छलफल कार्यक्रममा बाेल्ने अधिकाँश पत्रकारहरूले गरिखाने सर्वसाधारणलाइ मुख्य मर्का परेकाे भन्दै नागरिकलाइ भाेकले मर्न नदिने उपाय खाेज्न सुझाव दिएका थिए ।

सबैकाे जिज्ञाशाकाे जवाफ दिँदै आन्तरिक मामिला एवंम कानून मन्त्री समेत रहेका मन्त्री कार्कीले पत्रकारकाे सुझावलाइ मुख्यमन्त्री मार्फत केन्द्र सरकार समक्ष पुर्याउने जानकारी दिए । उनले पत्रकारकाे सुझावअनुसार सरकारले अघिल्ला निर्णय लिने बताए ।