विराटनगरः नेकपा सम्बद्ध अनेरास्ववियू मोरङका जिल्ला कमिटि सचिवालय सदस्य विकास महतोलाई जिल्ला समितिले निलम्बन गरेको छ । विराटनगरको पुुसेट कलेजका सँगठनको कमिटि अध्यक्ष समेत रहेका महतो हतियार मुुद्धामा पक्राउ परेका छन् ।

‘प्रहरीले हातहतियार तथा खरखजना मुुद्धामा अनुसन्धान गरिरहेको छ,’सँगठनका मोरङ सँयोजक सन्तोष घिमिरेले भने ‘हामीले कानूनी प्रक्रियाका लागि सहज होस् भनेर आरोपित व्यक्तिहरुलाई सँगठनको जिम्मेवारीबाट हटाएका हौँ ।’ महतोसँगै अभिषेक रायपनि पक्राउ पक्राउ परेका थिए । उनी पनि सँगठनकै नेता थिए । तर, हतियार देखाइ विराटनगरका विभिन्न व्यवसयीलाई धम्क्याइ रकम असुली गरेको प्रहरीको भनाई छ । यि दुुइ व्यक्ति अनेरास्ववियूका नेताभएपनि रायलाई यस अघि नै सँगठनले साधारण सदस्यसमेत नरहनेगरि कारवाही गरिसकेको स्पष्ट पारेको छ । उनी यस पनि अपराधिक क्रियाकलापमा सँलग्न रहेको बुुझिएको छ ।

गत भदौ १६ गते मोरङको कटहरी गाउँपालिका २ आदर्शनगरका २८ वर्षीय रविन शर्मा पेस्तोलसहित पक्राउ परेका थिए । उनकै सुचनाको आधारमा मोरङ प्रहरीले भारतीय नागरिक २७ वर्षीय राजुु साह, कटहरी २ कै २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेवसाइन नगरपालिका ८ का २७ वर्षीय नन्दकिशोर साह पक्राउ परेका थिए । उनीहरुको ग्याँङमा अभिषेक नाइरहेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार रायले भारतबाट पेस्तोल मगाएका थिए । यस अघि विराटनगरका विभिन्न व्यवसायीलाई उनले धम्क्याउँदै रकम असुली गरेको प्रहरीमा उजुरी परेको छ । पक्राउ परेका युवाबाट विभिन्न भारतीय बैँकमा चेक, मोटरसाइकल र करिब १ लाख नगद बरामत गरेको छ । उनीहरुबाट एक थान अटोमेटिक पेस्तोल र ६राउण्ड गोली फेला पारेको थियो । उक्त समुहका सबै अभियुक्तलाई हातहतियार खरखजना, अपराधिक लाभ, तोरी तथा सँगठिन अपराधमा मुुद्धा चलाएको एसपी खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार यसअघि विराटनगरका विभिन्न स्थानमा भएका साना तथा ठुला चोरीका योजनाबद्धजस्तोदेखिने घटनामा  समेत उनीहरुको सँलग्नता रहेनरहेको बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

118766011_308454063755023_1735320818349370284_n